नगर प्रमुखले आफ्नो पारिश्रमिकबाट लगाईदिए कुटानीपिसानी मिल

१२ कात्तिक ७७, बिहीबार

१३ कात्तिक, प्युठान।

नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट नगरपालिकाका चार विपन्न समुदायला मिल सहयोग गरेका हुन्।

प्युठान–८ धर्मावती, बाङ्गेका करीब ४० घरधुरी रहेका दलित समुदायलाई बुधबार मिल वितरण गरिएको हो । नगर प्रमुख कक्षपतिका अनुसार नगरका तीन वटा वडाका माझकोट, धर्मावतीको बाङ्गे, तिखाचुली र जुम्रीका दलित समुदायलाई मिल उपलब्ध गराइएको हो ।

Advertisement

विपन्न तथा पछाडि परेका समुदायको उत्थानका लागि नगरपालिकाले पहिलो प्राथमिकता दिएको जनाउँदै नगर प्रमुख कक्षपतिले भने, “जनताका सपना पूरा गर्न बाँकी छ, हामी जनमैत्री शासनको अभ्यासमा सक्दो प्रयास गरिरहेका छौंँ ।”

कुटानीपिसानीका लागि दैनिक चार घण्टा बढी खर्चिनुपर्ने बाध्यता टर्ने स्थानीयवासीले बताएका छन् । विद्यालय छुटाएर नातिनातिनालाई मिलमा पठाउनुपर्ने बाध्यता हटेको ६५ वर्षीया पिमा नेपालीले बताए। त्यसैगरी नगर प्रमुख कक्षपतिले आफ्नो पारिश्रमिक कटाई संकलन गरेको प्रमुख कोषबाट रु एक लाख ४८ हजारको कम्बाइन मिल उपहार प्रदान गरेका छन्।

Advertisement

उनले धर्मावतीको दम्तीमा मन्दिर निर्माणका लागि रु २५ हजार, वडा नं १ तल्लो क्वाडीको प्रतीक्षालयका लागि रु २५ हजार, वडा नंं ४ विजुवार हल्दीखोला निवासी विपन्न तथा रोगी चत्तुरसिं नेपालीलाई औषधोपचारका लागि रु ४० हजार पनि सहयोग गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top