×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

भिटेनको नयाँ गीतबारे अनुसन्धान सुरु, पक्राउ गर्ने प्रहरीको तयारी

१३ कार्तिक २०७७

१३ कात्तिक, काठमाडौं ।

र्‍याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ ।

Advertisement
Advertisement

प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न पत्र लेखेको छ ।

‘पारा’ बोलको र्‍याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।प्रहरी प्रधान कार्यालयको पत्र पाएसँगै साइबर ब्यूरोले भिटेनको खोजी गरेको छ ।

भिटेनको पारा बोलको गीत बिहीबारसम्म युट्युबको ट्रेन्डिङ नम्बर १ मा थियो । हाल उनले उक्त गीत प्राइभेटमा राखेका छन् । गीतमा उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्दसमेत प्रयोग गरेका छन् ।

Advertisement

भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेकाे थियाे । उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top