दुई कोरियाली उच्चस्तरीय अधिकारी बुधबार भेट्दै, शान्ति सम्झौता कार्यान्वयनको सुरुआत

३१ बैशाख ७५, मंगलबार

सोल, १ जेठ ः उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ ।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबारमात्र चीन पुगेको समाचारमा जनाइएको थियो ।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो प्रतिनिधिमण्डलले चीन भ्रमण गरेलगत्तै यता उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति भएको अर्काे समाचार आएको छ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघिका अरु उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

सोही बैठकको पूर्व सन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुगेका थिए ।

Advertisement

उनले गएको दुई महिनायता यो दोस्रो पटकसम्म चीनको भ्रमण गरेका थिए । दुई महिना यताको यो पनि एक उच्चस्तरीय भ्रमण नै रहेको अधिकारीहरुले जनाएका छन् ।

गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच उच्चस्तरीय बैठक भएको थियो ।

उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अरु सहमतिको कार्यान्वयनका लागि बुधबार दुई कोरियाबीच यो बैठक बस्न लागेको बताइएको छ ।

उक्त बैठक मन्त्रीस्तरमा हुने बताइएको छ । दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले सो बैठकमा सहभागिता जनाउने भएका छन् ।

विश्वकै चासो र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा हुने अमेरिका उत्तर कोरिया वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने अपेक्षा पनि गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई पनि रिहा गरिसकेको छ ।

सो वार्ताको पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपति ट्रम्पले एसियाली विभिन्न देशका नेताहरुसँग फोनवार्ता गरेका छन् । उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनसँग पनि गत आइतबार फोनवार्ता गरेका थिए ।

गत अप्रिल महिनामा भएको सो शान्ति सम्झौता र सहमतिको कार्यान्वयनका लागि भन्दै सो बैठकको आयोजना गरिएकोले उत्तर र दक्षिण कोरियाबीच वार्ताप्रति आशा जागेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top