×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

उच्च शिक्षामा घरबाटै परीक्षा

१४ कार्तिक २०७७

काठमाडौँ : उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका हुन् । पूर्वाञ्चल तथा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका छन् ।

नौलो अनुभव ग¥यौँ
पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तरतर्फ आमसञ्चार तथा प्रविधि विषयमा अध्ययनरत दीनानाथ भट्टराई पहिलो पटक अनलाइन विधिबाट लिइएको परीक्षामा सहभागी हुनुभयो । सधँै भौतिक रूपमा परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिएको अनुभव सँगाल्नुभएका भट्टराईका लागि घरमै बसेर परीक्षा लिने कुरा सुरुमा त साह्रै नौलो लाग्यो । तर उहाँले उक्त तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइनबाटै पूरा गर्नुभयो ।

Advertisement
Advertisement

परीक्षा नौलो र रमाइलो अनुभूति भए पनि समय व्यवस्थापनका हिसाबले भने चुनौतीपूर्ण रहेको अनुभव उहाँ सुनाउनुहुन्छ । घरमा बसेर परीक्षा दिँदा समय व्यवस्थापन सबैभन्दा महŒवपूर्ण भएको उहाँ बताउनुहुन्छ । “परीक्षा केन्द्रमा नभई घरमै परीक्षा दिए पनि यताउता सल्लाह गर्ने तथा किताब कापी हेर्न लागेको अवस्थामा भने पूरै प्रश्न भ्याउने सम्भावना हुँदैन”, उहाँ भन्नुहुन्छ । घरबाटै परीक्षा दिँदा प्रविधिको हिसाबले भने सधैँ समस्या भइरहने अनुभव छ परीक्षार्थीको । खासगरी उत्तरपुस्तिका लेखन सकेपछि सम्बद्ध विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा पुगे नपुगेको विषयले भने सधैँ तनाव बनाउने गरेको अनुभव विद्यार्थीको छ ।

अनलाइन माध्यमबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी हुनुभएका विपुल पोखरेल घरमा बसेर परीक्षा दिँदा परीक्षाको स्तरीयता कायम नरहला र हेर्ने सार्नेमा जाला कि भन्ने आफ्नो पूर्वानुमानभन्दा फरक तरिकाको परीक्षा भएको बताउनुभयो । खासगरी मौलिक खालको प्रश्नपत्र सोध्ने शैलीका कारण पनि आफूले सोचेभन्दा राम्रो खालको परीक्षा भएको उहाँको भनाइ छ । परीक्षा हलमा तीन घण्टा लेख्नेभन्दा फरक शैलीमा घरबाटै परीक्षा दिए पनि यसले सही मूल्याङ्कन गर्न सक्छ भन्ने आफूलाई लागेको पोखरेलले बताउनुहुुन्छ । नयाँ अनुभव भएकाले परीक्षाको त्रास भने कायमै रहेको उहाँको भनाइ छ ।

यसरी पठाइन्छ उत्तरपुस्तिका
भर्चुअल माध्यमबाट प्रश्नपत्र पाइसकेपछि विद्यार्थीले तीन घण्टामा लेखेर सक्नेबित्तिकै सम्बद्ध विश्वविद्यालयको कार्यालयमा पठाउनुपर्छ । त्यसअघि तीन घण्टामा लेखेको उत्तरपुस्तिकाका पानाका तस्बिर खिचेर या स्क्यानिङ गरेर पठाइन्छ । विद्यार्थीले उत्तरपुस्तिका पठाएको एक मिनेटमा विद्यार्थीलाई उत्तरपुस्तिका प्राप्त भएको प्रतिक्रिया प्राप्त हुन्छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव कोइरालाले अहिलेको परिस्थितिअनुसार अनलाइन माध्यमबाट विद्यार्थीसित लिइएको परीक्षा सकारात्मक रहेको बताउनुभयो । परीक्षा प्रारम्भ भएको दिन विश्वविद्यालयका तर्फबाट सानातिना कमजोरी भएको, दुई तीनवटा कलेजले उत्तरपुस्तिका पठाउन केही समस्या देखिएको भए पनि विस्तारै यसको समाधान भएको उहाँ बताउनुहुन्छ । सङ्क्रमण कायमै रहेको अवस्थामा आगामी दिनमा यस खालको अनलाइन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

परीक्षणमा अन्योल
अनलाइन माध्यमबाट लिइएको परीक्षाको परीक्षण कुन माध्यमबाट गर्ने भन्नेचाहिँ अहिलेसम्म निधो हुन सकेको छैन । उत्तरपुस्तिका प्रिन्ट गरेर परीक्षण गराउने या प्रविधिबाटै परीक्षण गराउने भन्नेमा आफूहरू निचोडमा पुग्न नसकेको उपकुलपति कोइरालाले बताउनुभयो । प्रविधिको माध्यमबाट विद्यार्थीले परीक्षाको अवधिमा के काम गरिरहेका छन् भनेर हेर्न सक्ने अवस्था नरहेको र परीक्षाको समय सकिएपछि भने तुरुन्त उत्तरपुस्तिका पठाउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयले भने उत्तरपुस्तिका प्रिन्ट गरेर चेक गर्ने र विद्यार्थीको उत्तरपुस्तिका पनि सुरक्षित रूपमा सङ्कलन गर्ने गरिएको बताउनुभयो ।

Advertisement

लुम्बिनीले सञ्चालन गरेको अनलाइन परीक्षाबाट सकारात्मक सन्देश गएको र आगामी दिनमा पनि यस खालको परीक्षा निरन्तर सञ्चालन हुने जनाएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top