×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

पर्यटक तान्न बन्दीपुरमा मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा

१४ कार्तिक २०७७

बन्दीपुर: तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण पछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिईएको छ । एक हजार एक सय मिटर लामो उक्त मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा पुगेको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार हालसम्म ७० लाख रुपैयाँ बजेट खर्च भएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ ।

Advertisement
Advertisement

मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको रहेको र मिनि ग्रेटवाल भित्र रहेको पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाईने बन्दीपुर गाउँपालिकका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । ‘टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले पनि रोजगार पाउने गरी दोहोरो फाईदा हुने विश्वासमा मिनिग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको हो ।’ गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो ।

उक्त पदमार्गलाई मुकुन्देश्वरी मिनी ग्रेटवाल नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले आर्कषक लागेको स्थानीय सञ्चारकर्मी मनोज श्रेष्ठ बताउनुहुन्छ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । पदमार्ग निर्माण पछि स्थानीय युवालाई घोडा चलाउने तालिम प्रदान गरिने अध्यक्ष थापा बताउनुहुन्छ ।

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । मिनिग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकोले कोभिड –१९ को महामारीको समय पछि बन्दीपुरमा पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउनुहुन्छ ।

Advertisement

तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागवेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरी देखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमाल देखि पूर्वका गणेश हिमाल र लाङटाङ, हिम श्रृङ्खलाका सयौं चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । प्रमुख आर्कषण दोहोरो लाईन मिलाईएका ढुङ्गाले छाईएका कलात्मक घर, नेवारी सस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिन्धवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहिद पार्क लगायतका बन्दीपुरको हेर्न लायक स्थान हुन् ।,याे समाचार गाेरखापत्र दैनिकमा अमरराज नहर्कीले लेखेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top