स्मृती समाजद्धारा छात्रवृत्ति प्रदान

विराटनगर,जेठ १ः बार्षिक रुपमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको वीरप्रसाद कृष्णादेवी स्मृती समाजले यो बर्ष पनि दुई जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।

स्मृती समाजले आज विराटनगर–१७ स्थित आफ्नो भवनमा एक कार्यक्रमको आयोजना गरि दुई जना छात्रालाई छात्रवृत्ति स्वरुप जनही रु.७५००।–प्रदान गरेको हो ।

छात्रवृत्ति पाउनेमा महेन्द्र मोरङ आर्दश बहुमुखि क्याम्पसमा अध्ययनरत मानवीकी तर्फकी ज्योति चौधरी र ब्यबस्थापन तर्फकी नम्रता मास्के रहेका छन् ।

Advertisement

छोरीलाई शिक्षित बनाउने अभियानमा हाम्रो सानो सहयोग रकमले पढाईमा सहयोग पुग्नुका साथै उनीहरुको हौसला बढ्ने आशा रहेको वीरप्रसाद कृष्णादेवी स्मृती समाजकी अध्यक्ष रेखा श्रेष्ठले बताईन् ।

कार्यक्रममा सम्पुर्ण संस्थापक सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement

के हो वीरप्रसाद कृष्णादेवी स्मृती समाज ?
वीरप्रसाद कृष्णादेवी स्मृती समाज छोरीहरुलाई शिक्षित बनाउने उदेश्यले खोलिएको संस्था हो ।

स्व.वीरप्रसाद श्रेष्ठ र कृष्णदेवी श्रेष्ठको स्मृतीमा ३ लाखका अक्ष्यकोष खडा गरि वि.सं २०६८ सालमा स्थापना भएको स्मृती समाजले त्यसबाट आउने ब्याजले प्रत्येक बर्ष छात्रवृत्ति प्रदान गर्ने गर्छ ।

स्मृती समाजले स्थापनादेखि नै महेन्द्र मोरङ आर्दश बहुमुखि क्याम्पसमा स्नात्तक तहमा अध्ययनरत गरिब तथा जेहन्दार छात्रा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।

कसरी पाउने छात्रवृत्ति ?
विद्यार्थीहरुले यो छात्रवृत्तिका लागि  स्मृती समाजले क्याम्पसमा दिएको छात्रवृत्ति फाराम भर्नुपर्ने छ भने  विद्यार्थीको क्षमता र पारिवारिक अवस्था बुझी अन्तवार्ताबाट छनोट गरिने छ ।

माथिल्लो तहका लागि गरिब तथा जेहन्दार विद्यार्थीको छनौटमा महेन्द्र मोरङ सजिलो भएको जनाउँदै चाँडै नै+२ तहका विद्यार्थीलाई पनि यो छात्रवृत्ती वितरण गर्ने उद्देश्य रहेको वीरप्रसाद कृष्णादेवी स्मृती समाजका संस्थापक विजय श्रेष्ठले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top