मुस्ताङमा अत्यावश्यक बाहेक प्रवेश निषेध

१४ कात्तिक ७७, शनिबार

१४ कात्तिक, बेनी।

Advertisement

हिमालपारीको जिल्ला मुस्ताङको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक कार्य बाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले घरपझोङ गाउँपालिका–४ मा कोरोना पोजिटिभ देखिएको परिवार र उनको क्लोज कन्ट्रयाक ट्रेसीङ गरेर स्वाव संकलन गरि पठाउने निर्णय गरेको जिल्ला प्रशासान कार्यालय मुस्ताङले जनाएको छ । आवश्यकता अनुसार क्वारेन्टीन अनिवार्य गर्ने समेत निर्णय भएको छ ।

Advertisement

मुस्ताङका पाँच वटा विशेष अवस्था रहेकोले अन्य जिल्लाबाट आवतजात नगर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्लामा भ्यान्टिलेटर नभएको, कच्ची सडकबाट उद्धारमा समस्या हुन सक्ने, जाडो बढी सकेकोले संक्रमण थप बढ्न सक्ने, कागबेनी तथा मुक्तिनाथ जस्ता धार्मिक क्षेत्र बन्द रहेको र हवाइ उद्धारमात्रै असम्भव प्राय भएकोले अन्य जिल्लाबाट अत्यावश्यक बाहेक प्रवेश नगर्न अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ पौडेलले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top