भिटेनले मागे माफी, नयाँ गीत ’पारा’ संशोधनपछि पुनः रिलिज गरिने

१६ कात्तिक ७७, आइतबार
Share this
751shares

१६ कात्तिक, काठमाडौं । भिटेनको नयाँ गीत ’पारा’ संशोधनपछि पुनः रिलिज गरिने भएको छ।

Advertisement

शनिबार एक विज्ञप्ति जारी गर्दै भिटेनले कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशित गर्ने जनाएको छ ।

विज्ञप्तिमा गीतबाट असुविधा पुगेका सम्बन्धित निकायहरूसँग उनले माफी मागेका छन्।

Advertisement

त्यसैगरी पहिले रिलिज गरिएको गीतलाई अनिधिकृतरूपमा अपलोड नगर्न आग्रह समेत विज्ञप्तिमा गरिएको छ।

प्रहरीले गीतलाई लिएर आफूमाथि कारवाही गर्ने तयारी गरेपछि भिटेनको उक्त गीत बिहीबार साँझ प्राइभेट बनाइएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top