टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

१६ कात्तिक ७७, आइतबार

१६  कात्तिक, अंकरा ।

Advertisement

टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ ।

भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थियो ।

Advertisement

तर पनि ती देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको इज्मीर शहरमा शुक्रबार ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।

भूकम्पका कारण अहिलेसम्म ८०० जना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

Advertisement

भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुगेको जानकारी आइतबार दिएका हुन्।

उनले खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरे। उनले त्रसित नहुन र सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरेकाे यहाँको राष्ट्रिय टेलिभिजनले जानकरी दिएको छ ।

यहाँका दर्जनौँ घर भत्केको विवरणहरु आएको र यसमा परेर सयौँ नागरिक घाइते भएका बताइएको छ । शुक्रबार नै अधिकारीहरुले धेरै मानिसहरू पुरिएको हुनसक्ने बताएका थिए । तर आइतबार भने मृत्यु हुनेको संख्या ४२ पुगेको जनाइएको हो ।रासस/एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top