×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

शानदार जित निकाल्दै कोलकाता चौथो स्थानमा, राजस्थान बाहिरियो

१७ कार्तिक २०७७

१७ कात्तिक, एजेन्सी ।
राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा लिग चरणबाटै बाहिरिएको छ । आईतबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलको लिग चरणको औं ५४ खेलमा राजस्थान कोलकातासँग ६० रनले पराजित हुँदै लिग चरणबाट बाहिरिने तेस्रो टोली बनेको हो ।

यो जितसँगै कोलकाता चौथो स्थानमा उक्लिएको छ । कोलकाताले प्ले अफमा स्थान बनाउन मंगलबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्ससँगको खेलको नतिजा पर्खिनु पर्छ । उक्त खेलमा हैदराबाद विजयी भए नेट रन रेटको आधारमा निर्धारण हुने छ । हैदराबाद पराजित भएमा कोलकाता प्ले अफमा पुग्ने छ ।

Advertisement

जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रन बनायो । कोलकाताका प्याट कमिन्सको उत्कृष्ट बलिङ सामु राजस्थानका कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

पहिलो ओभरको अन्तिम बलमा रोबिन उथप्पालाई प्याट कमिन्सले कमलेश नगरकोटीबाट ६ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । तेस्रो ओभरको पहिलो बलमा विकेटकिपर दीनेश कार्तिकले उत्कृष्ट क्याच लिएपछि बेन स्टोक्स १८ रनमा पेभिलिएन फर्किनु परेको थियो । स्टोक्सले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

शिवम माभीको चौथो ओभरको तेस्रो बलमा सन्जु स्यामसन कार्तिकबाट एक रनमा क्याच आउट हुन पुगेपछि राजस्थान समस्यामा परेको थियो । कमिन्सले पाँचौ ओभरको अन्तिम बलमा रियान परागलाई शून्यमा कार्तिकबाट क्याच आउट गराए ।

राहुल टेवाटिया २७ बलमा २ चौका र १ छक्का सहित ३१ रनमा क्याच आउट भए । जस बटलर २२ बलमा ४ चौका र १ छक्का सहित ३५ रनमा क्याच आउट भए । स्पिनर बरुण चक्रबर्तीको ११ औं ओभरको चौथो बलमा कमिन्सबाट बटलर क्याच आउट हुन पुगेका थिए । तल्लोक्रमका ब्याट्सम्यानले पनि राम्रो प्रर्दशन गर्न सकेनन् । जोफ्रा आर्चर ६, कार्तिक त्यागी २ रनमा आउट हुँदा श्रेयस गोपालले २३ रन जोडे ।

प्याट कमिन्सले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । बरुण चक्रबर्तीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शिवम माभीले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट हात पारे । कमलेश नगरकोटीको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन कप्तान ओईन मोर्गनले ३५ बलमा ५ चौका र ६ छक्का सहित ६८ रनको अविजित कप्तानी इनिङ खेले ।

कोलकाताका ओपनर नितेश राणा जोफ्रा आर्चरको पहिलो ओभरको दोस्रो बलमै सन्जु स्यामसनबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ७२ रनको साझेदारी गरेका थिए । स्पिनर राहुल टेवाटियाको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका गिल मिडविकेटमा जस बटलरबाट ३६ रनका क्याच आउट हुन पुगेका थिए । गिलले २४ बलमा ६ चौका प्रहार गरे । अन्तिम बलमा ठूलो सट खेलेका सुनिल नारायण बेन स्टोक्सबाट क्याच हुँदै खाता नखोली पेभिलिएन फर्के ।


स्पिनर श्रेयस गोपालको १२ औं ओभरको अन्तिम बलमा त्रिपाठी रोबिन उथप्पाबाट ३९ रनमा क्याच आउट हुन पुगे । त्रिपाठीले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । टेवाटियाले १३ औं ओभरको तेस्रो बलमा दीनेश कार्तिकलाई कप्तान स्टिभ स्मिथबाट शून्यमा क्याच आउट गराए ।

त्यसपछि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गरेका थिए । तर रसेलले क्रिजमा धेरै समय बिताउन सकेनन् । कार्तिक त्यागीको १६ औं ओभरको तेस्रो बलमा लगातार तीन छक्का प्रहार गर्ने धुनमा रसेल वैकल्पिक फिल्डर डेभिड मिलरबाट २५ रनमा समातिन पुगे । रसेलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गरे । प्याट कमिन्स ११ बलमा १ छक्का सहित १५ रनमा क्याच आउट भए ।


स्पिनर राहुल टेवाटियाले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । स्पिनर श्रेयस गोपालले ३ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

Advertisement

जारी आइपिएलमा राजस्थान बाहिरिने तेस्रो टोली हो । यसअघि किंग्स इलेभेन पन्जाब र चेन्नई सुपर किंग्स बाहिरि सकेका छन् । मुम्बई शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगि सकेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top