×

NEPAL TIMES UPDATES

Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026

नौ महिनापछि अभ्यासमा फर्किएका खेलाडीमा देखियो उत्साह

१८ कार्तिक २०७७

१८ कात्तिक, काठमाडौं । कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउनु पर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन् । टोकियो ओलम्पिक लक्ष्य राखेका कराँते खेलाडीले सातदोबाटो स्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका छन् ।

नौ महिनादेखि कोरोनाले थला पारेको खेलकुद चलायमान गराउनु पर्ने चौतर्फी दबाब आए पछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सिमित खेलाडीलाई मापदण्ड पूरा गरेर अभ्यास थाल्न अनौपचारिक निर्देशन दिइसकेको छ । खेलाडी स्यंम आफैले विभिन्न माध्ययमबाट खेलमा फर्किने वातावरण मिलाइदिन आग्रह गरे अनुसार छिटफुट तरिकाले खेलाडी अभ्यासमा फर्किइसकेका पनि छन् ।

Advertisement
Advertisement

यसै मध्येका कराँते खेलाडीले २०२१ मा हुने टोकियो ओलम्पिकका लागि तयारी थालेका हुन । घर बसाई पट्यार लाग्दो भइसकेको र अभ्यासमा फर्किन आतुर रहेकी कराँते खेलाडी अनु अधिकारीले अभ्यासले आफूलाई उत्साह मिलेको बताइन ।

उनै अनु अधिकारीले खेलाडीलाई घर बसाईले फिटनेसमा असन्तुलन देखिने भएकाले राष्ट्रिय खेलकुद परिषद मार्फत खेलाडीलाई अभ्यासको वातावरण मिलाइदिन समेत आग्रह गरिन ।

यस्तै नेपालको पुरुष टोलीबाट टोकियो ओलम्पिकमा प्रतिनिधित्व गर्ने लक्ष्य राखेका नविन रसाइली पनि अभ्यसमा फर्किन पाउँदा दंग देखिन्छन । कोरोनाले असर पारेको भन्दै नविनले घरको वातावरण मात्र भन्दा पनि म्याटको अभ्यास आवश्यक भएको बताए ।

मुख्य प्रशिक्षक दीपक श्रेष्ठले कोरोनालाई बाहना बनाएर खेलकुद गतिविधि रोक्न नहुने तर्क राख्दै आएका छन । खेलाडीलाई घरमा नै थुनेर राख्ने भन्दा पनि कन्ट्याक्ट खेलका लागि अन्तर्राष्ट्रिय स्तरमा अन्य देशले अबलम्बन गरेको विधि जस्तै नेपाली खेलाडीलाई मास्क लगाएर अभ्यासमा उतार्नु पर्ने समय आएको र सोही अनुसार खेलाडीलाई फिटनेसका लागि अभ्यासमा बोलाएको जानकारी दिए ।

Advertisement

नेपाली खेलाडीलाई टोकियो ओलम्पिक ¥याकिङका आधारमा त्यति सहज छैन । यद्यपि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिक सहभागिता हुने लक्ष्यलाई कोरोना महामारी थप बाधक बनेको छ । नेपाली खेलकुदको सर्बोच्च निकायले ओलम्पिक सहभागिता जनाउने सिमित खेलाडीलाई उचित वातावरण मिलाएर अवसर प्रदान गरे खेलाडी बोकेको लक्ष्य भेटाउन सक्ने थिए कि ?

भर्खरको समाचार

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

सम्बन्धित खबरहरु

Scroll to Top