भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

१७ कात्तिक ७७, मंगलबार

१८ कात्तिक, काठमाडौं ।

पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले प्रहरी प्रधान कार्यालय नक्साललाई अन्तरिम आदेश दिएको छ ।

मंगलबार मुख्य न्यायधीश नहकुल सुवेदीको एकल इजलासले गायक भिटेनलाई पक्राउ गर्नुको कारण देखाऊ आदेश जारी गर्दै प्रहरीलाई पक्राउ नगर्न भनेको हो । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।

Advertisement

उनले भने,’गीत संगितको विषय भएकाले पक्राउ नगर्न आदेश भएको हो । फौजदारी कसुर गरेको छ भने पक्राउ गरेर प्रहरीले अनुसन्धान गर्न पाउँछ ।’

यापर भिटेनको नयाँ र्‍याप गीत ‘पारा’ गीतमा आपत्तिजनक शब्दहरु भएको भन्दै गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान सुरु गरेपछि कात्तिक १३ गते उक्त गीत युट्युबबाट हटाइएको थियो ।

Advertisement

घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

उनले पारा गीतमा भएका आपत्तिजनक शब्दहरु संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै केही दिनअघि विज्ञप्ति निकालेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top