Nepal Times
Nepal Times
3
Shares

भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

१८ कात्तिक, काठमाडौं ।

पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले प्रहरी प्रधान कार्यालय नक्साललाई अन्तरिम आदेश दिएको छ ।

मंगलबार मुख्य न्यायधीश नहकुल सुवेदीको एकल इजलासले गायक भिटेनलाई पक्राउ गर्नुको कारण देखाऊ आदेश जारी गर्दै प्रहरीलाई पक्राउ नगर्न भनेको हो । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।

उनले भने,’गीत संगितको विषय भएकाले पक्राउ नगर्न आदेश भएको हो । फौजदारी कसुर गरेको छ भने पक्राउ गरेर प्रहरीले अनुसन्धान गर्न पाउँछ ।’

यापर भिटेनको नयाँ र्‍याप गीत ‘पारा’ गीतमा आपत्तिजनक शब्दहरु भएको भन्दै गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान सुरु गरेपछि कात्तिक १३ गते उक्त गीत युट्युबबाट हटाइएको थियो ।

घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

उनले पारा गीतमा भएका आपत्तिजनक शब्दहरु संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै केही दिनअघि विज्ञप्ति निकालेका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.