युएईका प्रधानमन्त्रीले लगाए कोभिड–१९ विरुद्धको खोप

१८ कात्तिक ७७, बुधबार

१९ कार्तिक, एजेन्सी ।
युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर युएईका रुलरसमेत रहेका प्रधानमन्त्री शेख मोहम्मदले ट्वीटर मार्फत सार्वजनिक गरेका छन्। उनले ट्विटरमा तस्विर सार्वजनिक गर्दै स्वास्थ्य टिम प्रति हार्दिकता व्यक्त गरेका छन्।

म सबैलाई स्वास्थ्यलाभको कामना गर्छु। हाम्रा स्वास्थ्यकर्मीप्रति मलाई गर्व छ। यो खोपको पहुँच देशभर पुर्‍याइनेछ, उनले लेखेका छन् । केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन्।

Advertisement

युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ। तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top