महानगरले वैकल्पिक व्यवस्था गर्न भनेपनि जारी छ खाना खुवाउने अभियान

१९ कात्तिक, काठमाडौं ।

काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ । काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भन्दै यसरी खाना नखुवाउन गरेको आग्रहलाई बेवास्ता गर्दै युवाले आज पनि उक्त अभियान जारी राखेको अभियान सञ्चालन गर्ने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिए ।

“विगत केही दिनदेखि हामीलाई महानगरले खाना नखुवाउन भनिरहेको छ, तर यसरी महिनौँदेखि सञ्चालन भएको अभियानलाई चाडबाडको बीचमै हामी छाड्न सक्दैनौँ”, पन्तले भने, “होइन भने महानगरले नै उनीहरुलाई खाना खुवाओस् ।”

सोही विषयमा आज महानगरले छलफलका लागि बोलाएको पन्तले जानकारी दिए । आज बिहान पनि खुवाएको र साँझ पनि खाना खुवाउने क्रम जारी रहने उनले जानकारी दिए । उनका अनुसार झण्डै एक हजार व्यक्तिले काठमाडौँको रत्नपार्कलगायत क्षेत्रमा आएर खाना खाने गरेका छन् ।

विगतमा बन्दाबन्दीका बेला धेरै भए पनि अहिले भने सङ्ख्या कम रहेको हाम्रो टिम नेपालका सदस्य उमेश बोहराले बताए । कतिपय अवस्थामा वास्तविक मजदूरभन्दा अन्य व्यक्तिले समेत खाना खाने गरेको बताइन्छ । विभिन्न संस्था आएर जतिखेर पनि खुवाउने गरेकाले पनि महानगरपालिकाले चासो दिएको बताउँदै बोहराले अभियानलाई अझै व्यवस्थित बनाएर लैजाने बताए । त्यसमा महानगर र प्रहरी सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट मुलुकमा बन्दाबन्दी घोषणा गरेको थियो । त्यसको तीन दिनपछि १४ गतेबाट ‘हाम्रो टिम नेपाल’ र ‘हन्ड्रेस् ग्रुप्स नेपाल’ले सुरु गरेको अभियान अहिलेसम्म जारी छ । यसअघि अन्य विभिन्न संस्थाले समेत उक्त अभियान चलाए पनि यो समूहले भने नियमित गर्दै आएको छ ।

एकजना मजदूर पम्फा थापाले खाना खुवाउने अभियानलाई महानगरले रोक्न लागेको कुरा सुनेकाले त्यस्तो नगर्न अनुरोध गरिन् । “हामी रोगले भन्दा भोकले मर्ने अवस्था छ, त्यसैले यो कामलाई नरोक्नुहोस्”, उनले भनिन् । उक्त समूहले कतिपय अस्पताललगायत विभिन्न क्षेत्रमा रहेका गरिब परिवारलाई समेत खाना वितरण गर्दै आएको छ । यसअघि काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा मेस चलाएर खाना खुवाउने अभियान थालिएको थियो ।

मानवसेवा आश्रमले भक्तपुरका मजदूरलाई बन्दाबन्दीको समयमा खाना खुवाएको थियो । उक्त कार्यक्रम रोक्ने सरकारको निर्णयपछि विभिन्न क्षेत्रमा रोकिएको अभियान रत्नपार्क क्षेत्रमा भने जारी छ ।रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top