इटहरीमा प्रतिबन्धित पटका भण्डार,३ जना पक्राउ

१९ कात्तिक, बिराटनगर ।
सुनसरीको इटहरी उपमहानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठूलो परिणामको पटकासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–११ का २५ बर्षीय प्यार चन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मिया रहेका छन् ।

मियाको किराना पसलबाट प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसारपसार तथा बिक्रिवितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

सो क्रममा ३३ बण्डल बिभिन्न किसिमका पटका बरामद गरेको प्रहरीले जनाएको छ । पटका सहित पक्राउ परेका मानिसहरुलाई ईलाका प्रहरी कार्यालय इटहरीमा राखी कानुनी कारवाही अगाडी बढाईएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी झापाको अर्जुनधारा र नकलबन्दा क्षेत्रबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top