×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

साउदीमा अब कम्पनी परिवर्तन गर्न र स्वदेश फर्कन रोजगारदाताको अनुमति नचाहिने

२० कार्तिक २०७७

२० कात्तिक, काठमाडौं । साउदी अरेबियामा अब रोजगारदाता परिवर्तन गर्न र स्वदेश फर्कन रोजगारदाताको अनुमति नचाहिने भएको छ ।

साउदी सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै सन् २०२१ को मार्च १४ देखि लागू हुनेगरी करार अवधि सकिएपछि विदेशी श्रमिकले रोजगारदाताको अनुमति विनै स्वदेश फर्कन सक्ने र रोजगारदाता समेत परिवर्तन गर्न सक्ने नयाँ घोषणा गरेको हो । तर स्वदेश फर्कंदा विद्युतीय माध्यममार्फत रोजगारदातालाई जानकारी भने गराउनु पर्ने नयाँ नियमले व्यवस्था गरेको छ ।

Advertisement
Advertisement

साउदीले ल्याएको यो नयाँ नियमले नेपाली श्रमिकलाई पनि ठूलो फाइदा पुग्ने छ । साउदी अरेबिया नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश हो । साउदीमा रहेको नेपाली दूतावासका अनुसार त्यहाँ झण्डै ३ लाख ५० हजार नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।

साउदीले बुधबार घोषणा गरेको राष्ट्रिय परिवर्तन कार्यक्रमले साउदीमा कार्यरत नेपालीसहित विदेशी श्रमिकलाई साउदी छोड्न र रोजगारदाता परिवर्तन गर्न सक्ने व्यवस्था गरेको हो । यसअघि साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको अनुमति अनिवार्य थियो ।

रोजगारदाताले अनुमति नदिएमा श्रमिकले चाहेर मात्र स्वदेश फर्कन सम्भव थिएन । कोरोना महामारीको समयमा पनि घर फर्कन रोजगारदाताको अनुमति नपाउँदा धेरै नेपाली श्रमिक दूतावासको ढोकामा घर फर्कन पाउँ भन्दै पुगेका थिए । तर अब भने साउदीले ल्याएको नयाँ कानुन लागू भएसँगै यो बाध्यता हटेको छ ।

पुनः फर्कने या नफर्कने गरी श्रमिकले साउदी छाड्न सक्नेछन् । अब रोजगारदाताले श्रमिकसँग विद्युतीय करार सम्झौता गर्नु पर्नेछ । तर करार अवधि कति वर्षको हुन्छ भनेर यो सुधारमा समेटिएको छैन । नेपाल सरकारले भने साउदी जाने नेपालीका लागि दुई वर्षको श्रम स्वीकृति दिँदै आएको छ ।

नेपाल सरकारले दिने श्रम स्वीकृतिकै आधारमा साउदीमा श्रमिकको करार दुई वर्षको भएमा दुई वर्षको रोजगार करार सकिएपछि श्रमिकले चाहेमा अर्को काम गर्न पाउनेछन् । त्यसका लागि पुरानो रोजगारदाताको अनुमति आवश्यक पर्ने छैन ।

साउदीको यो निर्णयले त्यहाँ निजी क्षेत्रमा काम गर्ने विदेशी श्रमिकलाई ठूलो फाइदा पुग्ने छ । केही समयअघि मात्रै कतारले पनि आफ्नो श्रम कानुनमा सुधार गर्दै विदेशी श्रमिकले रोजगारदाताको अनुमति विना नै काम परिवर्तन गर्न पाउने व्यवस्था ल्याएको थियो ।

पछिल्लो समय खाडीका देशले श्रम कानुनमा सुधार ल्याइरहेका छन् । तर पनि खाडीका देशमा लागू ‘कफला प्रणाली’लाई अझै यो सुधारले हटाइनसकेको मानवअधिकारकर्मीले बताएका छन् ।

Advertisement

रोजगार करार अवधिमा रहँदा रोजगारदाताको चाहना अनुसार नै हुने र साउदीजस्तो देशमा जान अझै पनि स्पोन्सरसिप चाहिने मानवअधिकारकर्मीको भनाइ छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top