काष्ठमण्डपको पुर्ननिर्माण तोकिएको समय र कम लागतमा सकिँदै

२१ कात्तिक ७७, शनिबार

२१ कात्तिक, काठमाडौँ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुननिर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । काष्ठमण्डप पुर्ननिर्माणको काम आगामी वर्षको बैशाख १२ गते सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढीरहेको उल्लेख गर्दै उनले तोकिएकै समयमा काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए ।

Advertisement

सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठसहित काष्ठमण्डप पुनर्निर्माणको कार्यप्रगतिका विषयमा स्थलगत अनुगमनमा पुगेका मन्त्री ज्ञवालीले तोकिएको समय र तोकिएभन्दा कम लागतमा पुर्ननिर्माणको काम सम्पन्न भइरहेकोमा खुसी पनि व्यक्त गरे । उनले काष्ठमण्डपको काम तिव्रताका साथ र मौलिकताका साथ भइरहेकोमा खुसी समेत व्यक्त गरे ।

Advertisement

स्थानीय समेतको सहभागिता हुँदा निर्धारित समयमा कुल अनुमानित लागत भन्दा एक तिहाइ कम रकममा सम्पदाको संरक्षण र पुर्ननिर्माण भइरहेको उनले बताए । उनले सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणमा स्थानीयलाई सहभागि गराउने नीतिले पुर्ननिर्माणको क्षेत्रमा नमुना स्थापित गरेको पनि बताए । स्थानीयको सहभागितामा हुने पुर्ननिर्माणले सम्पदाहरुको मौलिक स्वरुप नविग्रिने उनले बताए ।

Advertisement

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्षको बैशाख १२ गते उद्घाटन गर्ने गरी अहिले काम जारी रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top