×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बंगलादेशमा होटलको छतमा अभ्यास गर्दै नेपाली फुटबल टोली

२१ कार्तिक २०७७

२१ कात्तिक, काठमाडौँ ।
मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।

मैत्रीपूर्ण खेलका लागि यति बेला नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशको ढाकामा रहेको छ । एक साता क्वारेन्टाइन बसाई पछि टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने छ । बिहीबार नै ढाका पुगेको नेपाली टोलीले स्वास्थ मापदण्ड अनुसार क्वारेन्टाइन बसाईमा शुक्रबार सामान्य अभ्यास गरेको हो । यस अघि होटेलमा रहेको नेपाली टोलीको पीसीआर परीक्षण गरिएको थियो । अहिले सम्म नतिजा अझैं आएको छैन । पिसिआर परिक्षणको नतिजा आएपछि नेपाली टिमले मैदानमा स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यास शुरु गर्ने तालिका रहेको छ ।

Advertisement

रिपोर्ट आउनु पूर्व टोलीले शुक्रबार क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको हो । होटलको छतलाई खेलाडीले सामान्य अभ्यास गर्ने स्थल बनाएका छन् । यस सँगै नेपाली खेलाडी मैदान उत्रिन कतिको आतुर छन् भन्ने प्रस्टाएको छ । पाँच दिनको होटेल आइसोलेसनपछि अभ्यासमा फर्किने भनिए पनि टोली तीन दिन पछि नै प्रशिक्षण गर्ने तालिका अगाडि सरेको छ । कोरोना भाईरसको महामारीबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । मैत्रिपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बिहीबार ढाका प्रस्थान गरेको हो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको छ । बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।

Advertisement

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top