×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेंगलोरमाथि राेमान्चक जित निकाल्दै हैदराबाद आईपीएलको क्वालिफायरमा

२२ कार्तिक २०७७

२२ कात्तिक,एजेन्सी ।
सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा पुगेको छ । शुक्रबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको एलिमिनेटर खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो ।

हैदराबादले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स दिल्लीलाई हराउँदै फाइनलमा पुगि सकेको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९।४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

Advertisement
Advertisement

हैदराबादको जितमा जेसन होल्डरले लगातार नवदीप सैनीलाई दुई चौका प्रहार गर्दै जित पक्का गरेका थिए । होल्डर २० बलमा ३ चौका सहित २४ रनमा अविजित रहे । केन विलियम्सन ४४ बलमा २ चौका र २ छक्का सहित ५० रनमा अविजित रहँदै क्वालिफायरमा स्थान पक्का गरे ।

डेभिड वार्नर १७, मनिष पान्डे २४ र प्रियम गर्ग ७ रनमा आउट भए । बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चहलले एक एक विकेट लिए ।


त्यसअघि टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । बेंगलोरका एबी डिभिलियर्सले ४३ बलमा ५ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिएपनि जितको लागि पर्याप्त भएन । आरोन फिन्चले ३२ रन जोडे । अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बेंगलोरका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बेंगलोरले आजको खेलमा विराट कोहली र देवदत्त पाडिक्कललाई ओपनिङ गराएको थियो । मध्य गतिका बलर जेसन होल्डरको दोस्रो ओभरको दोस्रो बलमा कप्तान विराट कोहली विकेटकिपर श्रीवात्स गोस्वामीबाट ६ रनमा क्याच आउट हुन पुगे । कोहली सिजनमा पहिलो पटक ओपनरका रुपमा उत्रिएका थिए । होल्डरलेनै चौथो ओभरको तेस्रो बलमा अर्का ओपनर पाडिक्कललाई १ रनमा प्रियम गर्गबाट क्याच आउट गराउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तेस्रो विकेटका लागि आरोन फिन्च र एबी डिभिलियर्सले ४१ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए । तर स्पिनर शहबाज नदीमको ११ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका फिन्च कभरमा अब्दुल सामदबाट ३२ रनमा क्याच आउट भएका थिए ।


फिन्चले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । फिन्च आउट भएको दुई बलपछि मोईन अली शून्यमा रन आउट हुँदा बेंगलोर ६२–४ को कमजोर अवस्थामा पुगेको थियो । बेंगलोरका तल्लोक्रमका ब्याट्सम्यानले पनि क्रिजमा टिकेर रन बनाउन सकेनन् ।

होल्डरले १६ औं ओभरको चौथो बलमा शिवम् दुबेलाई कप्तान डेभिड वार्नरबाट ८ रनमा क्याच आउट गराए । वासिन्टन सुन्दर ५ रनमा क्याच आउट भए । तीव्र गतिका बलर टि नटराजनले १८ औं ओभरको पाँचौ बलमा योर्करमा बोल्ड आउट गरेपछि बेंगलोर बलियो योगफलको सम्भावना टाढिएको थियो । नवदीप सैनी ९ र मोहम्मद शिराज १० रनमा अविजित रहे ।

Advertisement

हैदराबादका जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शहबाज नदीमको नाममा एक विकेट रह्यो । दोस्रो क्वालिफायर आइतबार र फाइनल मंगलबार हुने छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top