सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

२३ कात्तिक, काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलाको ९७ हजार ७ सय पुगेको छ ।

तोलामा आज ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रबार एक हजार रुपैयाँ बढेको सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो । बिहीबार सुनको भाउ तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा एकैदिन २० रुपैयाँ बढेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.