२३ कात्तिक, काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलाको ९७ हजार ७ सय पुगेको छ ।
तोलामा आज ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको शुक्रबार एक हजार रुपैयाँ बढेको सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो । बिहीबार सुनको भाउ तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा एकैदिन २० रुपैयाँ बढेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।