×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश

२४ कार्तिक २०७७

२४ कात्तिक, एजेन्सी ।
दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आईपीएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आईपीएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

जितका लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो । हैदराबादलाई अन्तिम १२ बलमा जितको लागि ३० रन आवश्यक परेको थियो । १९ औं ओभरमा रबाडाले ८ रन खर्चेर ३ विकेट लिदै जित सहज बनाएका थिए ।

Advertisement
Advertisement

हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन चाहिएको थियो । एनरिच नोर्कियाले ४ रन खर्चिदै जित पक्का गरे । १९ औं ओभरको दोस्रो बलमा कागिसो रबाडालाई युवा ब्याट्सम्यान अब्दुल सामदले छक्का प्रहार गरेपछि खेल थप रोमान्चक बनेको थियो । तर तेस्रो बलमा सामद ठूलो सट खेल्नेक्रममा वैकल्पिक फिल्डर किमो पलबाट ३३ रनमा समातिन पुगे ।

अब्दुलले १६ बलमा २ छक्का र २ चौका प्रहार गरे । लगत्तै अर्को बलमा राशिद खान ११ रनमा क्याच आउट हुन पुगेपछि हैदराबादको जित टाढिएको थियो । पाँचौ बलमा श्रीवात्स गोस्वामी स्टोइनिसबाट क्याच आउट हुन पुगे ।

हैदराबादका मध्यक्रमका केन विलियम्सनले ४५ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर कागिसो रबाडाले ओपनर तथा कप्तान डेभिड वार्नरलाई २ रनमा बोल्ड गर्दै दिल्लीलाई महत्वपूर्ण सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि प्रियम गर्ग र मनिष पान्डेले ३१ रनको साझेदारी गरेका थिए ।

पाँचौ ओभरको चौथो बलमा मार्कस स्टोइनिसले गर्गलाई १७ रनमा बोल्ड आउट गरे । गर्गले १२ बलमा २ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा मनिष पान्डे ठूलो सट खेल्नेक्रममा मिडअनमा एनरिच नोर्कियाबाट २१ रनमा आउट भएपछि हैदराबादको दबाबमा परेको थियो । पान्डेले १४ बलमा ३ चौका प्रहार गरे ।

चौथो विकेटका लागि केन विलियम्सन र जेसन होल्डरले ४६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । स्पिनर अक्षर पटेलको बलमा ठूलो सट खेलेका होल्डर प्रबिन दुबेबाट ११ रनमा क्याच आउट हुन पुगे । पाँचौ विकेटका लागि अब्दुल र विलियम्सनले ३१ रनको ५७ महत्वपूर्ण साझेदारी गरेपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो ।

तर १७ औं ओभरको पाँचौ बलमा मार्कस स्टोइनिसले केन विलियम्सनलाई कागिसो रबाडाबाट क्याच आउट गराएपछि दिल्ली जिततर्फ अघि बढेको थियो ।

दिल्लीका तीव्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । मार्कस स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । ओपनर शिखर धवन ५० बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । शिम्रन हेटमायर २२ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे ।

दिल्लीले मार्कस स्टोइनिसलाई शिखर धवनका साथ ओपनिङ गराउने निर्णय लिएको थियो । जुन निर्णयलाई दिल्लीका ओपनरले सहित सावित गर्दै पहिलो विकेटका लागि ८।२ ओभरमा ८९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर राशिद खानले नवौं ओभरको दोस्रो बलमा स्टोइनिसलाई ३८ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि धवन र कप्तान श्रेयस एरेले ४० रनको साझेदारी गरेका थिए । जेसन होल्डरको १४ औं ओभरको अन्तिम बलमा ऐर मनिष पान्डेबाट २१ रनमा समातिन पुगे । ऐरले २० बलमा १ चौका प्रहार गरे । धवन सन्दीप शर्माको १९ औं ओभरको तेस्रो बलमा एलबिडब्लू आउट भएका थिए । फुलटस बलमा ठूलो सट खेल्ने धुनमा मिस भएपछि एलबिडब्लू आउट हुन पुगेका थिए । तेस्रो विकेटका लागि धवन र हेटमायरले ५२ रनको साझेदारी गरेका थिए ।

Advertisement

राशिद खानले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । उपाधिको लागि दिल्लीले मंगलबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । मुम्बईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top