ओली आक्रामक, प्रचण्ड रक्षात्मक

२३ कात्तिक ७७, सोमबार

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्ने/नबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो ।

Advertisement

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक नबोलाउने अडान लिएसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच नेताले अध्यक्ष ओलीलाई लिखितरुपमा नै पत्र बुझाएर तत्काल बैठक बोलाउन माग गरेका छन् ।

सचिवालयका बहुमत सदस्यले लिखितरुपमा नै बैठकको माग गरेपछि ओलीले पूर्वएमालेका नेताहरुलाई एकै ठाउँमा ल्याउने गृहकार्य अगाडि बढाउनुभएको छ । प्रचण्डसँग सम्बन्धमा दरार आएपछि यसअघि दुईपटक वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टै भेटवार्ता गर्नुभएका ओलीले आइतबार पुनः नेपालसहित चार नेतासँग भेटवार्ता गर्नुभएको छ ।

Advertisement

ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए । ती नेताले ओलीको भनाइ उद्धृत गर्दै भने– ‘पार्टीमा गम्भीर संकट देखापरेको छ, यस्तो बेला विवाद समाधान गरेर अगाडि बढ्न तपाईंको सहयोग चाहियो, हिजो पनि हामीले यो पार्टी निर्माण गरेका हांै, अब मिलेर अगाडि बढ्नुप¥यो ।’

जवाफमा नेता नेपालले पार्टीले गरेको निर्णय कार्यान्वयन नहुँदा अहिलेको अवस्था सृजना भएको बताउँदै ओलीलाई कार्यशैली सच्याउन आग्रह गर्नुभएको थियो । छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको सहभागिता रहेको थियो ।

Advertisement

आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म ओलीले नेपालसहितका चार नेतासँग छलफल गर्नुभएको थियो । नेता भीम रावलले पार्टीभित्र उत्पन्न समस्या केकसो हो भनेर विचार आदानप्रदान भए पनि ठोसरुपमा कुनै पनि सहमति नभएको बताउनुभयो ।

शनिबार बालुवाटारमा ओली र सचिवालयका प्रचण्डसहितका ५ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीचको भेटवार्तामा चर्काचर्की भए पनि विनानिष्कर्ष टुंगिएको थियो ।

अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउनुपर्ने दबाब रहेको छ । पछिल्लो छलफल र भेटवार्तामा ओली आक्रामकरुपमा प्रस्तुत हुँदै आएको बताइएको छ ।

त्यसै गरी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्वएमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको हो ।

भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टीभित्रको जारी विवाद समाधान गर्न भूमिका खेल्न आग्रह गर्नुभएको थियो । पूर्वएमाले भेला भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने भेलामा सहभागी नभएको बताइएको छ ।

केही दिनअगाडि मात्रै अध्यक्ष ओलीले प्रदेश–१ का आफूनिकट नेतासँग भर्चुअल बैठक गर्नुभएको थियो । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा प्रधानमन्त्रीले आफूनिकट नेतालाई सम्बोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिँदै आएको छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top