परराष्ट्रमन्त्री ज्ञवाली- ‘नेपालको औपचारिक नाम नेपाल नै हो, कुनै विशेषण जोड्न जरुरी छैन’

२४ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका छन् । नयाँ संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको उनले बताए ।

मन्त्रिपरिषद्ले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय गरेपछि कतिपयले सरकारको आलोचना गरेका छन् । संसदको राज्य व्यवस्था समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन ।’

उनका अनुसार नयाँ संविधान जारी गरेपछि औपचारिक रुपमा नेपालको नाम नै परिर्वतन गर्ने निर्णय भएको छ कि भनेर खोजी पनि गरिएको थियो । तर देशको नाम परिर्वतनबारे कुनै निर्णय नभएको र संविधानमा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नभनिएको उनले प्रष्ट पारे ।

Advertisement

कतिपयले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, कतिपयले नेपाल मात्र लेख्ने गरेकाले एकरुपता ल्याउन सरकारले नेपाल मात्र लेख्ने निर्णय गर्नु परेको उनले प्रष्ट पारे ।

संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको राज्य प्रणाली भएको र, सरकारले राज्य प्रणालीबारे नभई नामका सम्बन्धमा निर्णय गरेको उनले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘यसलाई पोलिटिकल सिस्टमसँग जोडेर कतै सरकारले पोलिटिकल सिस्टममाथि नै प्रश्न उठाउन खोजेको हो कि ? अथवा सरकारको संघीयता लोकतान्त्रिक गणतन्त्रको निष्ठामा कमी आउन खोजेको हो कि भन्ने अर्थ लगाउनु अनुचित हुन्छ ।’

Advertisement

उनले अघि भने, ‘सिद्धान्त, नीति वा प्राज्ञिक बहसमा कसैलाई संघीयता मन पर्न सक्ला, कसैलाई मन नपर्न सक्ला । पक्ष विपक्षमा टिकाटिप्पणी गर्ला । त्यो उसको व्यक्तिगत कुरा हो । तर संघीय लोकतान्त्रिक गणतन्त्र व्यक्तिगत यथार्थ हो, यसलाई कसैले पनि परिर्वतन गर्न सक्दैन । त्यसमाथि त्यो पोलिटिकल सिस्टम परिर्वतनका लागि दुई तिहाई बहुमतले संविधान संशोधन गर्नुपर्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top