नेकपा अनुशासन आयोगले भन्याे- तत्काल बैठक बोलाएर विवाद समाधान गराैँ

२४ कात्तिक, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति निकालेर तत्कालै पार्टीको बैठक राखेर आन्तरिक समस्या समाधान गर्न आग्रह गरकेा हुन् ।

नेतृत्वबाट दिनहुँजसो गालीगलौज, आरोप प्रत्यारोप तथा पार्टी विभाजन जस्ता अप्रिय कुराहरु सार्वजनिक भइरहेको भन्दै बोहराले यो निकै चिन्ताको विषय रहेको बताएका छन् । उनले नेतृत्वलाई विगतमा ठूलठूला विवाद अन्तरपार्टी संघर्षबाट समाधान गरेको स्मरण गराएका छन् ।

Advertisement

पार्टीका निर्णयहरू दराजमा थन्क्याउन नभइ आवश्यकताका आधारमा गरिने भएकोले सबै निर्णयहरु कार्यान्वयन हुनुपर्ने र पार्टी एकताका बाँकी काम पूरा गर्नुपर्नेमा नेतृत्वले त्यसलाई बेवास्ता गरेको भन्दै विज्ञप्तिमा पार्टी नेतृत्वको सोच साँघुरो रहेको बताइएको छ ।

अहिले नेतृत्व आत्मकेन्द्रित हुँदा पार्टी नै समस्यामा परेको भन्दै अध्यक्ष बोहराले उत्तेजना र गालीगलौजले समस्या समाधान नहुने बताएका छन् ।

Advertisement

 पछिल्लाे समय नेकपामा विवाद चुलिँदै गएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन लिखित रुपमै माग गरेका छन् । तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कहिले बैठक राख्ने भन्ने सहमती भएकाे छैन।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top