×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

शेयरमा लगानीकर्ताको आकर्षण, नेप्से १.५७ प्रतिशतले बढ्यो

२५ कार्तिक २०७७

२५ कात्तिक, काठमाडौँ ।
साताको तेस्रो दिन मंगलबार शेयर बाजरमा परिसूचक नेप्से बढेको छ । परिसूचक नेप्से १ दशमलव ५७ प्रतिशत अर्थात २५ दशमलव ९८ अंकले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव शुन्य ६ अंकले बढेर ३ सय ३० दशमलव ३९ अंकमा बन्द भएको छ ।

अहिले बैंक तथा वित्तीय संस्था लगायतका कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने समय हो । त्यसैले बजारमा शेयरको माग बढन जाँदा परिसूचक नेप्सेमा सकारात्मक असर परेको देखिन्छ । यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरु पनि प्रकाशित भइराखेको र कतिपय कम्पनीले राम्रो वासलात तयार पारेकाले लगानीकर्ता आकर्षित भएको हुनसक्छ । कोभिडको समयमा पनि कम्पनीहरुको वित्तीय विवरणमा तुलनात्मक रुपमा खासै असर नपरेपछि लगानीकर्ताले शेयरमा लगानी बढाएको देखिन्छ । मंगलबार मात्रै बजारमा ४ अर्ब ९ करोड ६१ लख ९० हजार २ सय ५६ रुपैयाँ बराबरको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर खरिदविक्री भएको छ ।

Advertisement
Advertisement

कारोबारमा आएका समूह मध्ये जलविद्युत र म्युचुअल फण्ड बाहेकका सबै समूहका सूचकहरु बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ७ दशमलव ८७ प्रतिशतले बढेको छ । यस्तै होटल समूह ४ दशमलव ९१ प्रतिशत, जीवन बीमा समूह ४ दशमलव ८७ प्रतिशत, अन्य समूह ४ दशमलव २ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह १ दशमलव ९४ प्रतिशत, उत्पादन तथा प्रसोधन समूह १ दशमलव २८ प्रतिशत, बैंकिङ समूह शुन्य दशमलव ५५ प्रतिशत, वित्त समूह शुन्य दशमलव ४४ प्रतिशत, विकास बैंक समूह शुन्य दशमलव ३९ प्रतिशत र लघुवित्त समूह शुन्य दशमलव १८ प्रतिशतले बढेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै सानिमा जनरल इन्स्यारेन्सको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत र नेपाल दुरसञ्चार कम्पनीको शेयर मूल्य ९ दशमलव ४९ प्रतिशतले बढेको छ । शेयर मूल्य घटेका कम्पनीहरु मध्ये बिसाल बजार कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै ४ दशमलव ६१ प्रतिशतले घटेको छ ।

Advertisement

सबैभन्दा धेरै शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको २८ करोड ५३ लाख ३२ हजार रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार पनि २३ करोड ५८ लाख ४४ हजार रुपैयाँ बढीको भएको छ । २० करोड भन्दा माथि शेयर कारोबार हुनेमा हिमालयन डिस्टिलरी र नेपाल दुरसञ्चार कम्पनी रहेका छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top