भक्तपुरमा विश्वकै अग्लो त्रिशुल स्थापना हुँदै

२५ कात्तिक ७७, बुधबार

२५ कात्तिक, काठमाडौँ ।
भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित मुलकोटगढी महाँकाल त्रिशुलडाँडामा विश्व कै अग्लो त्रिशुल स्थापना गर्न लागेको छ ।

मुलकोटगढीमा विश्वकै अग्लो त्रिशुल बाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मुलकोटगढी द्धार, सत्तल, त्रिशुलडाँडादेखि साँखुसम्म जोड्ने सिडी मार्ग लगायत निमार्ण गर्ने गुरुयोजना समेत रहेको छ । समितिले त्रिशुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जानकारी नगरपालिकालाई समेत गराएको छ । कुल २ करोड ७० लाख रुपैयाँ लागतमा विश्व शान्ति राष्ट्र कल्याण हेतुले निमार्ण हुन लागेको त्रिशुलको लम्बाई जमिनको सतहबाट एक सय फिट उचाईको हुने छ भने जमिन मुनि करिब साढे आठ फिट हुने छ ।

Advertisement

 

भित्रिभागमा फलाम र बाहिरी भागमा तामाको धातुले निमार्ण हन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जना सम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने समितिका अध्यक्ष श्रीकृष्ण खड्काले जानकारी दिए । उनले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका माथि आक्रमण गर्ने क्रममा सो स्थानमा मुल गढी भएको कारण पनि मुलकोटगढी सांस्कृतिक र धार्मिक एवं ऐतिहासीक महत्वको भएको बताए । उनले मुलकोटगढी महाँकालमा विश्वकै अग्लो त्रिशुल स्थापना भएपछि पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने समेत बताए ।

Advertisement

चागुँनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले मुलकभर बढ्दो क्रमममा रहेको कोरोना भाइरसको जोखिकका कारण नगरपालिकाले मठ, मन्दिर, पाटी पौवा लगायत निमार्ण गर्ने भन्दा पनि स्वास्थ्य पूर्वाधार निमार्णमा जोड दिएको बताए। यद्दपी, मिश्रले कोरोना भाइरस संक्रमणको जोखिम कम हुदैं गए त्रिशुल निर्माणका लागि महानगरले पनि सक्दो सहयोग गर्ने बताए ।

त्रिशुलको शिलान्यास यही मंसिर २२ गते हुने छ भने करिब ९ महिनामा निमार्ण सम्पन्न हुने बताइएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top