दाङमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

२५ कात्तिक ७७, बुधबार

२६ कात्तिक, दाङ ।

Advertisement

दाङमा ट्रकले ठक्कर दिँदा दाङमा तीन जनाको मृत्यु भएको छ ।

मंगलबार राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top