दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन किशोरको मृत्यु, आफन्तद्वारा राजमार्ग अवरुद्ध

२६ कात्तिक ७७, बुधबार

२६ कात्तिक, दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा एक ट्रकको ठक्करबाट तीन जना किशोरको मृत्यु भएपछि आफन्तले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् ।

Advertisement

बुधबार बिहान करिब १० बजेदेखि मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मौरीघाटमा सडक बन्द गरेपछि सयौं सवारी साधान सडकमै रोकिएका छन् ।

मृतकका आफन्तले दुर्घटनापछि मृतक तीनै जना किशोरको मुचुल्का नउठाई शव उठाएको तथा दुर्घटनामा परेको ट्रक पनि बुधबार बिहान लैजान खोजेको भन्दै चक्काजाम गरेका हुन् ।

Advertisement

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले आफू घटनास्थलतर्फ गइरहेको जानकारी दिँदै बन्द सडक खुलाउनेबारे छलफल थालिसकेको बताए।

यसैबीच दुर्घटनापछि फरार भएका ट्रक चालक कपिलवस्तुको गोरुसिंगेबाट प्रहरी सम्पर्कमा आएका छन्।

Advertisement

एउटै मोटरसाइकलमा सवार तीन जना किशोरको मंगलबार बेलुका पौने ८ बजेतिर ट्रकको ठक्करबाट मृत्यु भएको थियो। उनीहरूको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top