बहराइनका प्रधानमन्त्री खालिफाको निधन

२६ कात्तिक, एजेन्सी । बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ । बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार निधन भएको ट्विटरमार्फत जानकारी दिएको छ।

Advertisement

८४ वर्षीय खालिफाको अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो ।

उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ। कोरोनाभाइरसका कारण सीमित मानिसहरूलाई मात्र शवयात्रामा सहभागी गराइने बताइएको छ।

Advertisement

बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ।

राजपरिवारमा जन्मिएका खालिफा सन् १९७०मा बहराइनका प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी लगातार प्रधानमन्त्री रहे।

Advertisement

संसारभर यतिलामो समय प्रधानमन्त्री हुने उनी नै पहिलो व्यक्ति हुन्। उनीभन्दा पछाडि कम्बोडियाका प्रधानमन्त्री हुन सेन छन्। हुन सेन १९८५ देखि कम्बोडियाका प्रधानमन्त्री छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top