बाइडेनका सहयोगी रन क्लेन ह्वाइट हाउस चिफ अफ स्टाफमा चयन

२७ कात्तिक ७७, बिहीबार
Share this
749shares

२७ कार्तिक, एजेन्सी ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्ना वरिष्ठ सहयोगी रन क्लेनलाई ह्वाइट हाउस चिफ अफ स्टाफका रुपमा चयन गरेका छन् ।

Advertisement

उनको टिमलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेको खबरमा सन् १९८० को दशकदेखि सहयोगी रहँदै आएका क्लेनलाई बाइडेनले ह्वाइट हाउसमा आफ्नो चिफ अफ स्टाफका रुपमा नियुक्त गर्ने निर्णय गरेको उल्लेख छ ।

क्लेन सिनेटको जुडिसियरी कमिटिमा बाइडेनका सहयोगी रहँदै आएका थिए र उनी उप राष्ट्रपति भएपछि चिफ अफ स्टाफका रुपमा क्लेनले काम गरेका थिए । क्लेन बाराक ओबामा प्रशासनमा ह्वाइट हाउसका शीर्ष सल्लाहकार थिए ।

Advertisement

यस्तै उनले उपराष्ट्रपति अल गोरको चिफ अफ स्टाफका रुपमा समेत काम गरेका थिए । सन् २००० को चुनावबारे बनेको चलचित्र रिकाउन्टमा क्लेनको भूमिका अभिनेता केविन स्पाइसीले निर्वाह गरेका थिए ।

राष्ट्रपतिको दैनिक कार्यतालिकाको व्यवस्थापन गर्ने जिम्मेवारी हुने ह्वाइट हाउस चिफ अफ स्टाफलाई सामान्यतया ‘द्वारपाल’ रुपमा पनि परिभाषित गर्ने गरिन्छ । राजनीतिक नियुक्ति हुने यो पदका लागि सिनेटमा सुनुवाई गर्नु पर्दैन ।

Advertisement

बाइडेनको अन्तरिम टिमले जारी गरेको वक्तव्यमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले क्लेनको प्रशंसा गरेको उल्लेख छ । अहिलेको संक्रमणकालीन अवस्थामा आफूलाई चाहिने र सबै गुण युक्त व्यक्ति क्लेन रहेको बाइडेनले उल्लेख गरेका छन् ।

क्लेनले आफूमाथि गरिएको विश्वासले आभारी भएको उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top