मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

३ जेठ ७५, शुक्रबार

काठमाडौँ, ४ जेठ ः नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो ।

नेवि संघका नेता दीपक भट्टराईले आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै नेवि संघ मूल्यवृद्धिको विरोधमा उत्रिएको बताए । “आयल निगम कमिसनमा होइन पारदर्शी रुपमा चल्नुप¥यो,”–उनले भने ।

नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

यसैबीच नेविसंघले आजै नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएको छ । मनलाग्दी रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै ध्यानाकर्षण गरेको हो ।

ज्ञापनपत्र बुझ्दै नायब कार्यकारी निर्देशक भट्टराईले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै मूल्य समायोजन गरेको बताए ।
रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top