काफल बेचेर कापी कलमको खर्च जुटाउँदै बालबालिका

३ जेठ ७५, शुक्रबार

डडेल्धुरा, ४ जेठ ः सदरमुकाम र भिमदत्त राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका परिवारका बालबालिका काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् ।

विपन्न परिवारका महिला र बालबालिकाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिला तथा बालबालिकाले अहिले काफलबाट आम्दानी गरिरहेका छन् ।

भिमदत्त राजमार्ग छेउछाउ मौसम अनुसारका फलफूल तथा जगंली फल काफल, कोइराल र अमला बेच्नेको ताति नै लाग्ने गरेको छ । काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइखर्चको समेत जोहो गर्ने गरेका छन् । विद्यालय समयपछि बालबालिका प्रायः सो व्यवसायमा लाग्ने गरेका छन् ।

Advertisement

काफल बिक्री गरेर दैनिक रु ८०० देखि रु एक हजारसम्म आम्दानी गर्ने गरेको अमरगढी– १ मालमका १६ वर्षीय दीपक दियालले बताए । काफल बेचेर कापी, कलम र लुगा किन्ने गरेको उनको भनाइ छ । यसवर्ष असिना पानीका कारण काफल पर्याप्त फलेको छैन ।

अमरगढी नगरपालिकाका ३६ वर्षीया राजमती विष्ट काफल बेचेर नै वर्ष दिनसम्म खान लाउन पुग्ने गरी आम्दानी गर्ने गरेको बताउँछन् । काफल पाक्ने याममा रु ५० हजार देखि रु एक लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

अमरगढी नगरपालिकाको मालम, दह ब्यारेक, काँडे, भेटा, ढुण्ढुनेलगायत राजमार्ग छेउछाउका बस्तीमा काफल सकंलन गरी बेच्ने क्रम जारी छ । गाउँबाट काफल बेच्नकै लागि स्याउले बजार र सदरमुकाम आउने महिला र बालबालिकाको संख्या अत्यधिक छ ।

प्रदेश नं ७ को नौवटै जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा काफल बेच्नेको बिहानैदेखि रातिसम्म भीड लाग्छ । सदरमुकामभएर ओहरदोहर गर्ने यात्रु कोसेलीको रुपमा काफल लैजाने गर्दछन् । व्यापारीले थोकमा काफल किनेर तराईका विभिन्न जिल्लामा समेत बिक्री गर्दैआएका छन् ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top