नेकपा एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी हेार्इनःबिजुक्छे

३ जेठ ७५, शुक्रबार

भक्तपुर, ४ जेठ ः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनाइ गलत भएको बताएका छन् ।

Advertisement

रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उनले भने, “सोभियत सङ्घको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो पार्टी भयो तर सैद्धान्तिक रुपमा आत्मसात् गर्न नसक्दा देश नै टुक्राटुक्रा भयो, यो यथार्थलाई नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले बुझ्नु जरुरी छ ।”

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाललाई आर्थिक व्ययभार मात्रै थपेको तर उपलब्धि केही नभएको बताउँदै उनले मोदी फर्किएलगत्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले यसको पुष्टि गरेको जिकिर गरे ।

Advertisement

उनले पञ्चायतकाल जस्तै काँग्रेस, एमाले र माओवादी नेतृत्वका सरकारले पनि अधिनायकवादी शैलीमै काम गरेको टिप्पणी गर्दैसरकारले सिंहदरबारको अधिकार स्थानीय तहमा पु¥याउन नसकी सिंहदरबारमै केन्द्रित गरेको आरोप लगाए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top