क्युबामा विमान दुर्घटना ः सयजना भन्दा बढीको ज्यान गयो

हवाना, ५ जेठ ः ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ ।

क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन् ।

मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ ।

Advertisement

उक्त जहाजमा रहेका चालक दलका सदस्यहरुको पनि ज्यान गएको छ । तर जिवीत ३ जना पाइएकोले ती तीन जना चालक दलका सदस्य हुन् वा यात्रु भन्ने बारेमा अझै खुलेको छैन।

जिवीत तीन जनाको अवस्था भने अत्यन्तै गम्भीर छ । जहाज उडेको एकैछिनमा नै खसेको थियो । उडेलगत्तै जहाजको इन्जिनमा समस्या देखिएपछि खसेको र बाँझो जमिनमा परेको थियो ।

Advertisement

जहाज उडेको केही क्षणमा समस्या देखिएको र तत्कालै विमानस्थलभन्दा केही परको बाँझो जमिनमा धस्सिएको थियो । जहाज धस्सिएपछि धुँवाको ठूलो मुस्लो देखिएको र त्यसलगत्तै उद्धारको कार्य सुरु भएको थियो ।

क्युबाको राजधानी हवानाको होसे मार्टी विमानस्थलबाट उडेको बोइङ ७३७ मा समस्या देखिएको थियो । समस्या बारे कुनै पनि पूर्व सूचना प्राप्त नभएको उड्डयन अधिकारीहरुले जनाएका छन् ।

उद्धार कार्यमा तत्कालै स्थानीय वासिन्दा र आपत्कालीन उद्धारकर्मीहरू खटिएका थिए । परिचालित सबै जनाले उद्धारको काम थालेको भए पनि जहाजमा आगो लागेकोले समयमै विमानबाट यात्रुहरुलाई बाहिर निकाल्न नसकिएको अधिकारीहरुले जनाएका छन् ।

क्युबाका उड्डयन अधिकारीहरुले विमानमा १०४ यात्रु रहेको जनाएका छन् । त्यस विमानमा चालक दलका पाँचजना सदस्य सवार रहेको बताएका छन् ।

चलक दलका सदस्यमध्ये पनि लगभग सबैजसोले ज्यान गुमाएका छन् र जीवितै उद्धार गरिएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ ।

उक्त जहाज मेक्सिकोको एक विमान कम्पनीबाट भाडामा लिएर क्युबाले चलाउँदै आएको बताइएको छ । यो विमान क्युबाको सरकारी एयरलान्सको जहाज हो ।

हवानाबाट उडेको सो विमान क्युबाको पूर्वी भूभागमा पर्ने ओल्गीन शहरतर्फ जान लागेको थियो ।

क्युबाका उड्डयनमन्त्री र राष्ट्रपतिले दुर्घटनास्थलकोे भ्रमण गरेका छन् । राष्ट्रपति मिगेल डिआस कनेलले मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले आपत्कालीन उद्धारमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई चुस्तताका साथ काम गर्न आग्रह गरेका छन् ।

उनले ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएकोले देश स्तब्ध भएको बताए । सरकार र आफ्नो पार्टीको तर्फबाट उनले समवेदना प्रकट गरेका छन् ।

क्युबामा सन् १९८० को दशकयता पहिलो पटक यो ठूलो र दुःखद दुर्घटना भएको छ । यसलाई देशको उड्डयन इतिहासकै सबैभन्दा खराब हवाई दुर्घटना भनिएको छ ।

यस दुर्घटनाका कारण यसमा परेका क्युबाली परिवारका सदस्य मात्र नभएर सिंगो देश नै शोकमा डुबेका समाचारहरु आइरहेका छन् ।

उडेलगत्तै कसरी विमान खस्न पुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरुले घटनास्थलमा अनुसन्धान थालेका छन् ।

निकै लामो समयसम्म उक्त विमानले सेवा दिइरहेको र राम्रो अवस्थामा रहेको विमान के कति कारणले खस्न पुग्यो भन्ने बारेमा चुस्त रुपम अनुसन्धान थालिएको उड्डयन अधिकारीहरुले जनाएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top