×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

चीनको ‘कोरोनाभ्याक’ खोप मध्य–चरणको परीक्षणमा सफल

४ मंसिर २०७७

४ मंसिर, एजेन्सी ।
कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको खोपले मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोपहरू तयार गरिरहेको छ । तीमध्ये केही खोप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा लगाइसकिएको छ ।

Advertisement
Advertisement

सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोग प्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ जनामा गरिएको हो ।

युरोप तथा अमेरिकामा निर्मित खोपहरूको ठूलो स्तरको परीक्षणका आधारमा ती खोपहरू सफल रहेका समाचार आइरहेका बेला चिनियाँ अनुसन्धानकर्ताहरूको घोषणा सार्वजनिक भएको हो ।

अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीनवटा खोपहरूको परीक्षणका तथ्यांकहरूका आधारमा ती खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ ।

अमेरिका तथा युरोपेली देश जस्तै चीन पनि कोभिडविरुद्धको खोप बनाउने दौडमा क्रियाशील छ । यसक्रममा चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणहरूमा प्रवेश गरेका जनाइएको छ । तीमध्ये सिनोभ्याक बायोटेक खोप एक हो ।

तर वैज्ञानिक जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित परिणामहरू ती चारमध्ये एकको पहिलो र दोस्रो चरणका परीक्षणबाट प्राप्त तथ्यांक मात्र भएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार कोरोनाभ्याक खोपले मानव शरीरमा तीव्र रोग प्रतिरोधी क्षमता उत्पन्न गराएको देखिएको छ । उक्त अध्ययन गत अप्रिल र मे महिनामा गरिएको र खोपको सफलताको प्रतिशत उल्लेख गरिएको छैन ।

प्रतिवेदनका एक लेखक झु फेंगचाईले पहिलो चरणमा एक सय ४४ र दोस्रो चरणमा ६ सय जनामा गरिएको परीक्षणमा आधारित नतिजाहरूका आधारमा उक्त खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न योग्य रहेको बताएका छन् ।

हाल खोपको तेस्रो चरणको परीक्षण जारी छ र त्यसबारे भने केही तथ्यांकहरू सार्वजनिक गरिएको छैन । चिनियाँ खोपहरू हाल पाकिस्तान, साउदी अरब, रुस, इन्डोनेसिया र ब्राजिलमा ठूलो स्तरमा परीक्षण भइरहेको छ ।

चिनियाँ चारमध्ये एक खोप नोभेम्बर महिनाको सुरुसम्ममा करिब ६० हजार जनाले लगाइसकेका छन् । कोरोनाभ्याक खोपको परीक्षण ब्राजिलमा गत साता केही समयका लागि रोकिएको भए पनि पुनस् सुरु भएको छ ।

कम्तीमा तीनवटा खोप एउटा आपत्कालीन योजनाअनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको जनाइएको छ ।

Advertisement

बीबीसीका अनुसार एउटा खोप भने जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top