NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने आइतवार साउन १८ , २०८२
हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य आइतवार साउन १८ , २०८२
नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ आइतवार साउन १८ , २०८२
रुसले फेरि थर्कायो, हाम्रा सामू अमेरिकी २ पनडुब्बी केही होइनन् आइतवार साउन १८ , २०८२
एसियन कुराशमा प्रशान्तलाई पदक, बक्सिङमा अप्रिलको जित आइतवार साउन १८ , २०८२
Next
Prev

समाचार

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक

शुक्रबार मंसिर ५ , २०७७
Reading Time: 1 min read
A A
विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ मंसिर, काठमाडाैँ ।

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ।

शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ। शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ। यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिए।

LS Auto

यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ। एउटा शब्दको चारै भाषाका अर्थ थाहा पाउन सकिनेछ।

शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अङ्गे्रजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ। धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको उनले बताए।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेपछि स्वामी केशवानन्द गिरिको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम शुरु भएको हो।

संस्कृत शब्दको अर्थ जान्न चाहने, संस्कृतका विद्यार्थी, अध्ययन एवं अनुसन्धान गर्न चाहनेका लागि शब्दकोश उपयोगी छ। शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्वपूर्ण सामग्री हुनेछ। संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ।

‘वाचस्पत्यम्’ सन् १८७० मा तारानाथ तर्क वाचस्पति भट्टाचार्यले तयार पारेको कोश हो। यसैगरी ‘शब्दकल्पद्रुम’ सन् १८५९ मा राजा राधाकान्तदेवले तयार पारेको कोश हो।

दुवै कोशका सबै शब्द विद्युतीय माध्यममा राखिएको छ। यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत–हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत–अङ्ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएको छ।

नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली–संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत–नेपाली कोश, संस्कृत–कन्नड कोश, मुनियर निलिम्सको संस्कृत–अङ्ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ।

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द अब एण्ड्रोइड एप र वेबसाइटमा एकसाथ राखिएको छ।

धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राख्नुभएको हो। नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ।

यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थ समेत विद्युतीय माध्यमबाट खोजी गर्न सक्ने गरी समावेश गरिएको छ।

धातुको रूप भने केही समयमा राख्ने सोचमा उनी छन्। यी सबै विषय समावेश गरिएको एकीकृत कोश विश्वमै पहिलो भएको उनको भनाइ छ। यस वर्ष विजयादशमीको अवसरमा यो विद्युतीय कोश शुभारम्भ गरिएको हो।

कोशको मोबाइल एप हालसम्म तीन हजार जनाले डाउनलोड गरिसकेका छन्। डाउनलोड गर्नेबाट आएको प्रतिक्रिया सकारात्मक रहेको जनाइएको छ।

एण्ड्रोइड फोनका फाइभ भर्जनभन्दा माथिका मोबाइलमा यो कोश खुल्ने गरेको छ। मोबाइल एप १२६ एमबीको भएकाले एक जिबी डाटा आवश्यक पर्नेछ।

कोश एप र वेबसाइटमा उपलब्ध भएपछि यसका प्रयोगकर्ता ठूला ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्त भएका छन्। प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ।

डा रामानन्द गिरिबाट सङ्कलनको प्रेरणा

शब्दकोश सङ्कलनको प्रेरणा स्वामी केशवानन्दलाई उनका गुरु स्वामी डा रामानन्द गिरिबाट मिलेको हो।

महेश संस्कृत गुरुकुल देवघाटमा कक्षा ७ र ८ मा अध्ययनका क्रममा डा रामानन्दले कापीमा तयार पार्न लगाउनुभएको करिब ३०० पृष्ठको संस्कृत–नेपाली शब्दकोश यो बृहत् कामको प्रेरणाका रूपमा रहेको उनले सुनाए।

कक्षा ९ र १० मा अध्ययनका क्रममा विसं २०५८ तिर कम्प्युटरसमेत सिक्न पाएपछि कोशलाई प्रविधिमा जोडेर वेबसाइटमा उपलब्ध गराउने इच्छा उनमा जागृत भएको थियो।

शब्दकोशमा आफूले चाहेको शब्द टाइप गरेर खोज्न सकिन्छ। चाहेको शब्द नेपाली वर्णानुक्रमानुसार समेत खोज्न सकिन्छ।

धेरैजसो आवश्यक पर्ने शब्दलाई प्रयोगकर्ताले ‘फेवरेट’ बनाएर राख्न सक्ने सेवा पनि विद्युतीय शब्दकोशमा उपलब्ध छ। एउटा शब्द राख्ने बित्तिकै त्यसका चारै भाषाका अर्थ हेर्न सकिन्छ।

यसमा संस्कृतका पर्यायवाची शब्द पनि जोड्ने लक्ष्यमा स्वामी छन्। शब्दकोशलाई ‘आइवोएस’ प्रविधिमा डेभलप गरी अझ बढी प्रयोगकर्तालाई सेवा दिने लक्ष्यसमेत राखिएको छ।

‘आइवोएस’ प्रविधिमा डेभलप गर्न ६५ हजार रूपैयाँ लाग्ने भएकाले स्रोत व्यवस्थापनको काम भइरहेको जनाइएको छ।

निःशुल्क सेवा

गुरुकुलमा आफूले निःशुल्क शिक्षा आर्जन गरेकाले करिब ५० लाखको लागतमा यो विद्युतीय कोश निर्माण गरी बिना शुल्क पाठकका लागि उपलब्ध गराएको उनले बताए।

विद्युतीय कोशमा कुनै पनि विज्ञापनसमेत राखिएको छैन। विज्ञापन राखेर आर्जन गर्दा पाठक एवं खोजकर्ताको ध्यान विज्ञापनतिर जाने भएकाले निःशुल्क हेर्न सकिने व्यवस्था मिलाइएको स्वामी केशवानन्द बताउँछन्।

बन्दाबन्दीका शुरुका छ महिना बिहान पाँच बजेदेखि राति ११ बजेसम्म आफू र आफ्ना छ जना शिष्य खटेर गिरिले कोश तयार पारेका हुन्। कोशको वेबसाइट नवीकरणका रूपमा वार्षिक ३० हजार रूपैयाँ खर्च गर्नुपर्ने हुन्छ।

पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै केशवानन्द

नेपालीमा प्रयोग हुने करिब ७५ प्रतिशत संस्कृतका शब्द जान्न पनि यो कोश उपयोगी हुनेछ। पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोडेर उनले जिज्ञासुका लागि अध्ययन एवं अनुसन्धान गर्न सहज बनाइदिएका छन्।

वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहितालाई केएन स्वामी युनिकोड फन्ट तयार पारी उनकै सम्पादनमा प्रकाशन भएको छ।

शुक्लयजुर्वेदको यो पुस्तक आउनुअघि नेपाली प्रकाशनले निकालेको शुद्ध पुस्तक पाउन कठिन थियो।

यसैगरी लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका दुई भाग पनि उनले प्रकाशन गरी संस्कृत पढ्न चाहने विद्यार्थीका लागि सहज बनाइदिएका छन्।

लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका चार भागमध्ये दुई भाग प्रकाशोन्मुख छन्।

आफूले गुरुकुलमा अध्ययनका क्रममा पाठ्यसामग्री पाउन मुस्किल भएको अनुभव पछिका विद्यार्थीले भोग्न नपरोस् भनी गिरिले यो काम गरेका हुन्।

पूर्वीय वाङ्मयका यी पुस्तकको माग अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायत देशमा रहेका बर्मा, भुटान, भारत र नेपालका नेपाली मूलका पाठकबाट भइरहेको छ।

संस्कृत विश्वविद्यालयबाट ‘पाणिनिको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि शोध गरिरहेका गिरिको लक्ष्य पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै विद्यार्थी एवं अनुसन्धाताका लागि सहज वातावरण बनाइदिनु रहेको छ।
पूर्णप्रसाद मिश्र/रासस

लोकप्रीय

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य

आइतवार साउन १८ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२

विचार

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य

आइतवार साउन १८ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२

थप समाचार

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने
अन्तर्राष्ट्रिय

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 
ताजा समाचार

हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य

आइतवार साउन १८ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने
ताजा समाचार

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२
रुसले फेरि थर्कायो, हाम्रा सामू अमेरिकी २ पनडुब्बी केही होइनन्
अन्तर्राष्ट्रिय

रुसले फेरि थर्कायो, हाम्रा सामू अमेरिकी २ पनडुब्बी केही होइनन्

आइतवार साउन १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य

आइतवार साउन १८ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.