ब्रटिश गोर्खाहरुको अर्थमन्त्रीलाई पत्र- सामाजिक सुरक्षा भत्ता कटौती नहोस्

४ मंसिर ७७, शुक्रबार

५ मंसिर, काठमाडौँ ।
भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षाभत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफुहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

Advertisement

भारत, बेलायत र सिंगापुर लगायतका देशमा आफ्नो आधा जीवन विताएर देशको अर्थतन्त्र उकास्न गरेको योगदानको सम्मान गर्नुपर्ने उनीहरुको भनाई छ । ब्रिटिश गोर्खाहरुले गरेको योगदानको अपमान हुने गरी सामाजिक सुरक्षा भत्ता कटौती गरी अरुलाई जस्तो दोहोरो सुविधा लिएको भन्नु गलत भएको भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सचिव पुष्पा राणा घलेले बताए ।

 

Advertisement

उनीहरुसँगको भेटमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले समाजिक सुरक्षा भत्ता पाउने अधिकार सबै नागरिकको भएको बताए । अन्य किसिमको सरकारी सुविधा पाउने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्थाका कारण ब्रिटिश गोर्खाहरुको समेत भत्ता कटौति भएकोप्रति सरकारको ध्यानाकर्षण भएको पनि अर्थमन्त्री पौडेलले बताए । अब कहिलेपनि ज्ञापन पत्र बोकेर सरकारको ढोका ढकढक्याउनु पर्ने अथवा सडकमा जानुपर्ने अवस्था नआउनेगरी समस्याको समाधान गरिने प्रतिवद्धता समेत अर्थमन्त्री पौडेलले व्यक्तगरे ।

सरकारले गत असार १७ गते दोहोरो सेवा सुविधा लिइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो । यो निर्णयबाट भुपु गोर्खा सैनिकहरुले समेत पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौति भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top