उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

६ मंसिर, काठमाडौं ।

Advertisement

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न भएको छ। शनिबार बिहानै सूरल्यलाई अर्घ दिएपछि ४ दिनअघि सुरु भएको छठ पर्व विधिवत रुपमा सम्पन्न भएको हो।

शुक्रबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइसकेपछि ब्रतालुहरूले पूजा सामग्रीहरू जलाशयमा नै राख्ने गर्छन् र छठको अन्तिम दिन बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिने गर्छन्, जसलाई पारन भन्ने गरिन्छ।

Advertisement

छठ पर्वको समापनसँगै ब्रतालुहरूको ३६ घण्टाको उपवास पनि सकिएको छ। सूर्योदय हुनुअगावै जलाशय, नदीमा पुगेर श्रद्धा र भक्तिका साथ पूजा गर्दै सूर्यलाई अर्घ दिने गर्छन्। विशेषगरी मिथिला क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय तराईका सबै जिल्लाका साथै पहाडी जिल्लाहरूमा पनि मनाइने गरिन्छ।

कोरोना सङ्क्रमणको त्रास भए पनि छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि दर्शनीय रहेको थियो । छठ पर्व मनाउँदा दु:ख, दरिद्रता अन्त्य हुने र सन्तान प्राप्ति र छालाको रोग पनि निको हुने जनविश्वास रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top