भक्तपुर, ६ जेठ ः भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ ।

कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *