खानाका कारण बेलायतमै चर्चित बन्दै सिरहाका सन्तोष

८ मंसिर, काठमाडाैँ ।
नेपाली भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने निडर, साहसी र मेहनती कर्मवीरका रुपमा विश्वमै परिचित छन् । विश्वासयोग्य बन्नु नेपालीको अर्काे एक खुवीपनि हो । यही पहिचान पच्छाउदै सिराहका एक मेहनती युवा यतिबेला बेलायतमा चर्चाको शिखरमा छन्। आफ्नै हातले बनाएका परिकारप्रति सवैलाई मोहित बनाउदै उनी नेपाली खानालाई विश्वमाझ परिचित बनाईरहेका छन् ।

घरखर्च चलाउन साइकलमा झोला र पाउरोटी बोकेर घर–घर पुगेर बेच्ने एक नेपाली अहिले नेपाली खानाका परिकार अन्तर्राष्ट्रिय बजारमा परिचित गराउँदैछन् । हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल्स् यूके २०२०’ मा सिरहा कर्जन्हाका सन्तोष साहले बेथेको साग, तामाको अचार, सिस्नु र आलुको तरकारी, करेलाको चट्नी, भाङको चट्नी, कर्कलोको पातको परिकार लगायतका खाना बनाएर पस्किए ।करेलाको चट्नी चाख्दै स्टार सेफ मोनिकाले एउटै चट्नीभित्र पाँच प्रकारको स्वाद भएको बताउँदै ‘स्टार चट्नी’ को उपनाम दिइन । बीबीसीबाट प्रसारण हुने सो प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष पहिलो नेपाली सेफ हुन् । तर प्रतियोगिता जित्नु÷हार्नु भन्दा पनि नेपाली खानालाई विश्वले चिनुन भन्ने आफ्नो मूख्य उद्धेश्य रहेको उनी बताउँछन् ।

‘मास्टर सेफ प्रोफेसनल्स् यूके २०२०’का हट केक बनेका सन्तोष कसरी पुगे त बेलायत यो विषय पनि मेहनत र लगनसँगै जोडिएको छ । अहिलेपनि नेपालको तराई तथा पश्चिमी क्षेत्रबाट बढी मात्रामा रोजगारीका लागि भारत जाने क्रम छ । त्यसरी नै २ दशकअघि सन्तोष पनि गाउँलेहरुसँग भारत पसे ।

Advertisement

भारतमा होटलमा भाँडा माभ्mने कामबाट जागिर सुरु गरेका उनी होटलका सेफहरुको युनिफर्म र मिठो खाना बनाउने कलाप्रति लोभिँदै आफुपनि खाना पकाउन सिक्न थाले । खाना पकाउन पढ्नुपर्ने बुझिसकेपछि कक्षा १० सम्म गाउँमै पढेका उनले भारतको सूर्या कलेज अफ होटल म्यानेजमेन्टमा काम गर्दै डिप्लोमाको पढाइ पूरा गरे ।भारतमा एक दशक बढिको बसाइपछि पढाइ, कामको अनुभव, नयाँ कुरा सिक्ने चाहनाले उनलाईसन् २०१० मा लन्डन पु¥यायो । लन्डनका विभिन्न रेष्टुरेन्ट तथा तारे होटलमा काम गर्ने मौका, सेलिब्रेटी सेफहरुसँग काम गर्ने अवसरले उनको पाक कला बलियो हुँदै गयो ।

लन्डनको सिनामन किचेनमा हेड सेफको रुपमा काम गरिरहेका सन्तोष अहिले मास्टर सेफ प्रतियोगितामा जजहरुलाई नेपाली खानाले लोभ्याउँदैछन् । ३२ जना उत्कृष्ट प्रतियोगीहरु सहभागी प्रतियोगिताका विभिन्न चरण पार गर्दै उनि सेमिफाइनलमा पुगेका छन् । पहिलो राउन्डमा उनले पोलेको माछा, आलुको अचार, करेलाको चट्नी लगायतका परिकार तयार गरेका थिए ।बिहिबार क्वार्टरफाइनलमा ‘स्टार्टर’ मा टिमुर स्पाइस्ड अक्टपस विथ सिस्नु र आलुको तरकारी, भाङको चटनी र कर्कलोको पातको परिकार बनाएका थिए । त्यस्तै, मेन कोर्समा उनले पोलेको भेडाको मासु, खसीको झोल, बेथेको साग, गहुँको रोटी र माछा, तामाको अचारलगायत परिकार बनाएर चखाएका थिए ।

Advertisement

अब अर्काे हप्तामा नकआउट प्रतिस्पर्धी हुनेछ ।यसरी सन्तोष नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानमा छन् । उनले इन्स्टाग्राममा पनि विभिन्न नेपाली परिकारहरु बनाएर राख्ने गरेका छन् । एक वर्ष भित्रमा लन्डनमा नेपाली रेष्टुरेन्ट खोल्ने योजना उनको छ । उनि अहिले बेलायतका प्रतिष्ठित होटलहरुमा हेड सेफका रुपमा काम गरिरहेका छन् ।

भारत गएर अर्काको भाडा माझ्ने कर्म गर्दे आफ्नो जीवन सुरु गरेका सन्तोष बेलायत पुगेको एक दशक नबित्दै सफलता शिखरमा छन । टिमुर,सिस्नु, भाङ र कर्कलाका परिकारले अहिले बेलायतमा नेपाल बोलिरहेको छ । नेपाली खानाका परिकारलाई विश्वसामू चिनाउने उनको सोच र अभियान उनका लागि मात्र होइन सारा नेपालीका लागि नै गर्व गर्न लायक छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top