नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा

८ मंसिर ७७, मंगलबार

काठमाडौं : सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ ।

Advertisement

हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन् । देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

देश संक्रमणमुक्त (प्रतिशतमा)
भुटान ९४.२४
भारत ९३.६७
माल्दिभ्स ९१.९९
नेपाल ९०.९०
पाकिस्तान ८७.७८
बंगलादेश ८१.०१
अफगानिस्तान ७९.९६
श्रीलंका ७१.८७

Advertisement

वल्र्डमिटरका अनुसार सबैभन्दा धेरै भुटानमा कुल संक्रमितमध्ये ९४ दशमलव २४ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ३ सय ८२ जना संक्रमितमध्ये ३ सय ६० जना संक्रमणमुक्त भएका छन् । भुटानमा हालसम्म मृत्युदर शून्य रहेको छ ।

वल्र्डमिटरका अनुसार संक्रमणमुक्त हुनेमध्ये दोस्रो स्थानमा भारत पर्छ । भारतमा कुल संक्रमितमध्ये ९३ दशमलव ६७ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल ९१ लाख ४० हजार ३ सय १२ जना संक्रमितमध्ये ८५ लाख ६२ हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म कोरोना संक्रमणबाट १ लाख ३३ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।

Advertisement

तेस्रो स्थानमा माल्दिभ्स रहेको छ । हालसम्म कुल संक्रमितमध्ये ९१ दशमलव ९९ प्रतिशत संक्रमणमुक्त भएका छन् । कुल संक्रमित १२ हजार ६ सय ८ जनामध्ये ११ हजार ५ सय ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म माल्दिभ्समा ४६ जनाको मृत्यु भएको वल्र्डमिटरमा उल्लेख छ ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top