जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण ः मुख्यमन्त्री राई

६ जेठ ७५, सोमबार

इटहरी, ६ जेठ ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन छलफल र परामर्श गरिरहेको बताएका छन् ।

मुख्यमन्त्री राईले सुनसरीको धरान–१७ साकेलापार्कमा किरात राई यायोक्खा जिल्ला कार्यसमितिको आयोजनामा ‘प्रारम्भिक गाउँस्तरीय साकेला सिली उभौली चण्डी नाच प्रदर्शनी–२०७५’ समापन कार्यक्रममालाई सम्बोधन गर्दै जनअनुमोदित संविधानअन्तर्गत बनेको प्रदेश सरकारले यही प्रदेशको जनताको चाहना र भावना बुझेर नै प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिनेमा ढुक्क हुन आग्रह गरे ।

“बहस र छलफल गरिरहेका छौँ, सबैको सहमति अनुसार नै निर्णय गछौँ,” उनले भने । मुख्यमन्त्री राईले प्रदेशको विकास र समृद्धि अहिलेको आवश्यकता भएको बताए।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top