×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

जुम्लामा खुले विद्यालय

९ मंसिर २०७७

९ मंसिर, जुम्ला ।

जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिकविद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

Advertisement

उनले भने, “गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार पालिकाभित्र सबै विद्यालय सञ्चालन गरी पठनपाठन भएको छ ।” विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय खोल्ने अनुमति दिइएपछि केही विद्यालयले पढाइ चलाएको नगरपालिकाका उपप्रमुख अप्पसरादेवी महतले बताए ।

किसान मारमा

तिला गाउँपालिका–१ का पदम रावत गाउँको जैविक उत्पादन सिमी र स्याउ लिएर सुर्खेत पुगे । कर्णाली प्रदेशको राजधानी किसानले उत्पादन गरेको सिमी र स्याउको मूल्य बढी बिक्री हुने ठाउँ पनि हो । रावतलाई जुम्ला घर भन्दा कसैले पत्याएनन् । जुम्लाको नाम बेचेर ठग्ने पात्रका रुपमा उनलाई हेरियो । स्याउ र सिमी किन्न अनुरोध गर्दा “तपाई जस्तो ठगले झुक्याएर अब कोही झुक्किदैन, जुम्लाको नाम लिएर फाइदा लिने दिन गए” भनी उपभोक्ताले रावतलाई स्पष्ट भनिदिए । “पछि कुरो बुझ्दा छिमेकी जिल्लाका व्यापारीले जुम्लाको अर्गानिक उत्पादन भन्दै ठग्ने गरेको रहस्य खुल्यो”, रावतले भने ।

तातोपानी– ७ कै भरत रावतले नागरिकता देखाएरै जुम्लाको उत्पादन बेच्नु परेको गुनासो गरे । बजारमा जुम्ली स्याउ, सिमी र आलुको माग बढी हुन्छ तर सजिलै जुम्लाको उत्पादन हो भनेर विश्वास गर्दैनन् । उनले भने, “जुम्लाको उत्पादन भनेर अन्य जिल्लाका व्यापारीले पाइदा लुट्ने प्रवृत्ति हावी हुँदै गएको छ । जुम्लाका अर्गानिक उत्पादन अरु जिल्लाका भन्दा फरक र स्वादिला हुने हुँदा नाम बेचेर फाइदा लुट्ने प्रवृत्ति हाबी हुँदै गएको छ ।”

स्याउ सिमी र आलु जस्ता नगदेबाली अन्य जिल्लाका व्यापारीले जुम्लाको प्राङ्गारिक भनी बेच्न गरेका छन् । मार्सी चामल र स्याउले बजारमा राम्रो प्रभाव जमाएको हुँदा जुम्लाको नाम लिनासाथ सजिलै बिक्री हुने लोभमा अन्य जिल्लाका व्यापारीले बदमासी गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।

Advertisement

जुम्लाका कृषि उत्पादनको बजारीकरणमा एकरुपता ल्याउनका लागि कृषि विकास कार्यालयले अर्गानिक ब्राण्डको लोगो बनाउने भएको छ । जुम्लाको नाम बेचेर गएगुजे्रका कृषि उत्पादन बेचबिखन रोक्नका लागि जैविक प्रतीकचिह्नले भूमिका खेल्ने कार्यालय प्रमुख देवकोटाले बताए ।रासस

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top