मंसिर १५ गते ३९६ पालिकामा १५/१५ शैयाका अस्पतालको शिलन्यास हुने

१० मंसिर ७७, बुधबार

१० मंसिर, काठमाडौं ।

Advertisement

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले यही मंसिर १५ गते ३९६ वटा पालिकामा १५–१५ शैयाको अस्पतालको शिलन्यास गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अस्पताल नभएका ६ सय ४९ स्थानीय पालिकाहरू मध्ये ३ सय ९६ वटा पालिकामा यही १५ गते अस्पताल शिलन्यास गर्ने निर्णय भएको बताए ।

Advertisement

प्रवक्ता प्रा.डा.गौतमले बाँकी पालिकाहरूमा समेत ५–५ शैयाका अस्थायी अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रति पालिका १० लाख रूपैयाँका दरले रकम पठाई सकेको हुँदा तत्काल अस्पताल सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित पालिकाहरूलाई आग्रह गरे।

प्रवक्ता प्रा.डा. गौतमले सबै पालिकाहरूमा अस्पताल निर्माण गर्ने सरकारको बहुवर्षीय योजना भएको हुँदा हाल विनियोजित रकम बाट अस्पतालको शिलान्यास गरी निर्माण कार्य अगाडि बढाउँदै गर्न आग्रह गरे।

Advertisement

अस्पताल निर्माणका लागि नपुग हुने रकम सरकारले आगामी वर्षको बजेटबाट उपलब्ध गराउने प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top