दण्डहीनताले मौलाउँदै आपराधिक घटना

१० मंसिर ७७, बिहीबार

महोत्तरी बर्दिबासकी ६ वर्षीया गुलाब खातुनको बलात्कारपछि हत्या गरेको आरोपमा गौशाला–५ का अरूणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा साह पहिलोपटक पक्राउ परेका भने होइनन् । गत वैशाखमा पनि आफ्नै साथीलाई हत्या गरेको अभियोग उनीमाथि छ । हत्या अभियोगमा उनीविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेको छ ।

वैशाख २८ गते साँझ गौशालाको होटलमा सँगै मदिरा सेवन गरी घर फर्कंदै गर्दा बाटोमा विवाद झिकेर साहले आफ्नै साथी दिलीप ठाकुरको हत्या गरेको अभियोगमा साहविरुद्ध मुद्दा चलाइएको हो । उक्त मुद्दा विचाराधीन अवस्थामा छ । एउटा हत्या अभियोगमा मुद्दा चलिरहेकै बेला उनी अर्को हत्या आरोपमा पक्राउ परेका छन् ।

जेठ १९ गते जिल्ला न्यायाधीश सुमनकुमार न्यौपानेको एकल इजलासले साहलाई एक लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सोही आदेशमा उनी धरौटी राखेर रिहा भएका हुन् । जिल्ला अदालतको धरौटीमा छाड्ने आदेशमा असहमति जनाउँदै थुनामै राखेर मुद्दा चलाउने भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत जनकपुरमा २५ असारमा निवेदन दिए पनि अहिलेसम्म त्यसमा सुनुवाइ भएको छैन ।

Advertisement

यही मंसिर ७ गतेदेखि बेपता बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया खातुनको शव सोमबार राति घर नजिकैको झाडीमा फेला प¥यो । बर्दिबास–१४ स्थित सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ विनोद साहको खाली जग्गाको झाडीमा कपडाको पोकोभित्र शव भेटिएको थियो । महोत्तरीका प्रहरी प्रमुख टीकाबहादुर केसीले अरोपित साहकै बयानका आधारमा बालिकाको शव फेला पारिएको बताए ।

मदिराको मातमा आफूले ती बालिकाको हत्या गरेको भनेपछि साहलाई उनकै परिवारले गौशाला प्रहरीको जिम्मा लगाएका थिए । गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई बुझाएको थियो । प्रहरी स्रोतका अनुसार बयानमा साहले बालिकाको हत्या गरेको आरोप स्विकारेका छन् । बालिका हत्याको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका बर्दिबासका स्थानीयमाथि सुरक्षाकर्मीले गोली चलाएपछि घाइते भएका तीनजनामध्ये एक सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भयो ।, यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top