×

NEPAL TIMES UPDATES

Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026

दुर्गम गाउँमा अफिम खेती

७ जेष्ठ २०७५

जाजरकोट, ७ जेठ ः नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ ।

कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन् । पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन् ।

Advertisement
Advertisement

चार÷पाँच वर्षदेखि नलगाडका स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेतीमा जोड दिएका छन् । सरकारी निकायले नष्ट गर्न बेवास्ता गरेपछि यस वर्ष नलगाड नगरपालिकाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा व्यावसायिक रुपमा अफिम खेती गरिएको छ ।

किसानले नलगाड नगरपालिका–२ को नहकुली, द्वावारे, ८ को मंसिरी, ९ को बाँसकोट, ताँत्र, घरङ्गा, १० को रावत गाउँ तथा १३ को सिउन, रूप, खाती गुर्ता, फुम्दालगायत क्षेत्रमा व्यावसायिक रुपमा अफिम खेती गरेका छन् । नलगाडका सयौँ किसानले अफिम खेती गरेका छन् ।

गत वर्ष प्रहरीले नलगाड नगरपालिकाको ६० रोपनी पाखोबारीमा लगाएको अवैध अफिम खेती नष्ट गरेको थियो । लागुऔषध कारोवारीले एक किलो अफिमको बारीमै आएर रु पाँच लाख मूल्य दिने गरेको खुल्न आएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए  ।

सिँचाइ अभावले दुर्गमको पाखोबारीमा गहुँ, जौ, आलुलगायत खेतीको तुलनामा अफिमबाट मनग्य आम्दानी हुने भएपछि उक्त खेती मौलाएको हो । एक रोपनी पाखोमा दुई किलोसम्म अफिम उत्पादन हुने गरेको छ । स्थानीयवासीका अनुसार सोही पाखोमा अन्य खेतीबाट रु पाँच हजार पनि आम्दानी हुँदैन । दुर्गम गाउँमा लगाएको खेतीबाट अहिले अफिम निकाल्न थालिएको छ । असोजमा अफिमको खेती लगाउने, वैशाख र जेठमा निकाल्ने गरिन्छ । स्थानीयवासीले अफिमबाट प्रत्येक याममा रु एक लाखदेखि रु १० लाखसम्म आम्दानी गर्छन्  ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top