×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

‘प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार’

१२ मंसिर २०७७

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए। उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा गरेका थिए। तर ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने उद्देश्यले स्थापित अख्तियारद्वारा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेको कुरालाई गलत पुष्टि गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण भएको दाबी गरे पनि ठूल्ठूला भ्रष्टाचार काण्डमा आरोपित आफूनिकटका व्यक्तिहरूको बचाउमा लागेकाले आम मानिसमा प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गरिरहेको बुझाइ रहेको बताए। आर्थिक अनियमिततामा संलग्न भएका व्यक्तिलाई बिनाछानबिन प्रधानमन्त्रीले नै सफाइ दिने गरेको उनको भनाइ छ।

Advertisement

अधिवक्ता केदार कार्कीले वाइडबडी विमान खरिदमा भएको अनियमितता, सेक्युरिटी प्रेस खरिद क्रममा भएको घुस बार्गेनिङ, ओम्नीसँग खरिद गरिएकोे स्वास्थ्य सामग्रीमा भएको अनियमितता छताछुल्ल हुँदा पनि प्रधानमन्त्री ओलीले उक्त कार्यमा संलग्न मन्त्रीहरूले कुनै भ्रष्टाचार नगरेको सार्वजनिक अभिव्यक्ति दिनु र राज्यका निकायलाई स्वतन्त्रपूर्वक छानबिन गर्न नदिनुले उनी नै भ्रष्टाचारीको संरक्षक भएको आम नागरिकको बुझाइ भएको बताए।

पूर्वमुख्य सचिव विमल कोइरालाले आम नागरिकमा नै राजनीतिज्ञ र कर्मचारी तथा राज्यका विभिन्न संयन्त्रमा व्यापक भ्रष्टाचार हुने गरेको बुझाइ रहेको बताए। भ्रष्टाचार गर्दिनँ भनेर प्रतिज्ञा गर्न लगाउँदैमा घुस खान नरोकिने र सुशासन कायम नहुने स्पष्ट पार्दै उनले आम नागरिकले कामव्यवहारबाट मात्र त्यसको महसुस गर्न सक्ने बताए। एसियाका १७ देशमा गरिएको सर्वेक्षणमा ५८ प्रतिशत नेपालीले विगत एक वर्षमा भ्रष्टाचार पहिलाभन्दा झनै बढेको बताएको ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया रिपोर्टमा उल्लेख छ।

Advertisement

ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै प्रकाशित गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटरः एसिया २०२०’ को रिपोर्टको हिस्साका रूपमा ब्लगमा लेख प्रकाशन गरेको हो। त्यसलाई टिआईले भ्रष्टाचारसम्बन्धी नागरिकको धारणा समेटिएको हालसम्मको सबैभन्दा विस्तृत सर्वेक्षण भनेको छ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top