कानुन बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमीः सभामुख सापकोटा

१२ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको कमी रहेको बताएका छन् । पार्टीभित्र लोकतन्त्रको पनि राम्रो अभ्यास नभएको बताउँदै उनले प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउनुपर्नेमा जोड दिए ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।

उनले भने, ‘जनमुखी विधेयकहरु बनाउनुपर्छ । प्रदेश र संघलाई एकाकार गरेर नै विधेयक बनाउन आवश्यक हुन्छ । कानुन बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको छ, विज्ञको कमी भएको छ, सांसदहरुमा त्यो कमी छ । त्यसकारण यसमा बढी ध्यान दिनुपर्छ ।’

सभामुख सापकोटाले भने, ‘पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभव भएको छैन । पार्टीबाट सांसदहरुलाई राम्रो प्रशिक्षण भएको छैन ।’

अर्को एक प्रसंगमा उनले संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमा रहेकोसमेत बताए ।

राजावादीहरुको गतिविधितर्फ संकेत गर्दै सभामुख सापकोटाले भने, ‘संघीयताको अहिले राम्रो अभ्यास हुँदै गएको छ । संघीयता नेपाली जनतालाई महत्वपूर्ण हो । यसको औचित्य पुष्टि गर्ने हाम्रो दायित्व हो । जनतालाई परेको छ, संघीयता आवश्यक रहेछ ।’

स्थानीय सरकारको भूमिका पनि त्यही रुपमा देखापरेको सभामुख सापकोटाको भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top