×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काेराेना संक्रमितकाे उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख जोखिम भत्ता वितरण

१२ मंसिर २०७७

१२ मंसिर, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ जोखिम भत्ता वितरण गरेको जानकारी दिएको छ ।

Advertisement

कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको गुनसाो सञ्चार माध्यमहरुमा सार्वजनिक भएपछि मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले ‘कोरोना भाइरस (कोभिड १९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन, आदेश, २०७७’ बमोजिम रकम वितरण गरिएको जनाएको छ ।

मन्त्रालयले प्रति बिरामी प्रति दिनका हिसाबले असोज मसान्तसम्मको निकासा गरिएको र कात्तिक महिनाको जोखिम भत्तासहितको रकम भुक्तानीको क्रममा रहेको जानकारी दिएको छ । निर्देशिका बमोजिम कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

Advertisement

यसैबीच सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पीसीआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता धिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरेका छन् ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top